चट्टान : सुशिल कोइराला (कविता )
कपन अनलाइन
काठमाण्डौ ,पुस ९ ।
केटाहरू ! हमेशा उभिई रहे
उभिनु तिनको मजबूरी थिएन र पनि
तिनलाई भनियो हर बार,
ओई ! तँ त केटा होस्, उभिई
स–साना कुरामा पनि ती उभिई रहे
कक्षाको बाहिर … स्कूलको बिदाईमा
जब लिईयो ग्रुप फोटो, केटीहरु हमेशा अगाडि बसे,
र केटाहरू हात बाँधेर लहरै पछाडि उभिए
ती फोटोहरुमा आजसम्म पनि ती उभिएकै छन् …
कलेज बाहिर उभिएर,
कुरी रहे मन पराएकी कुनै युवतीलाई
या कुनै घरको बाहिर घण्टौं खडा रहे,
एक झलक पाउन, एक पटक हुन्छ भनेको सुन्न
आफूलाई आजसम्म पनि
आधा अधुरो त्यतै छोडेर आए
बहिनी–छोरीको बिहेमा ती उभिई रहे,
मण्डपको बाहिर जन्तीलाई स्वागत गर्न
उभिई रहे रातभर मिठाई पसले सामू
ताकी व्यन्जनमा कुनै कमी नहोस्
ताकी स्वादमा कुनै कमी नआओस्
उभिई रहे बिदाईसम्मै ढोकाको सहारामा
पाल र त्रिपाल हटाउन्जेलसम्म अनि
तिनका अन्तिम पाईपहरु उखेलुन्जेलसम्म
छोरी–बहिनीको दुल्हन फर्काउने बेलासम्म पनि
ती उभिएकै भेटिनेछन्
ती खडा रहे पत्नीलाई सीटमा बसालेर,
बस या रेलको झ्याल
वा डण्डीमा हात अड्याए ती उभिई रहे
बहिनीसँग घरको काम गर्दा,
कुनै गह्रौं सामान उचालेर
ती उभिई रहे
आमाको अप्रेशनको बेला
अपरेशन थिएटरको बाहिर घण्टौं ती उभिई रहे
पिताको मृत्युमा
अन्तिम दाउरा जलेर खरानी नहुन्जेलसम्म
ती उभिई रहे
अस्तु बहाउँदै नदीको बरफ जस्तो पानीमा
केटा हो ! मेरुदण्ड त तिमीहरूको ढाडमा पनि त छ,
के त्यो कहिल्यै अररिन्न …?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक