रन्का उठी घायल हुन्न को ? यहाँ : दिवाकर प्रसाद आचार्य
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २४।
दि–लाई आरामअहो सधैँ भरि ।
वा–णी मिठो फिर मृदु हास्यले गरी ।
क–ल्याण गर्ने अरु हुन्छ को कहाँ ।
र–माइ साह्रै पतिको चरण महाँ ।
प्र–त्येकदिन स्व प्रिय साथमा रही ।
सा–रा शरीर मन पतिमा सदा दिइ ।
द–बाइपीर तापमनमाभएजति ।
आ–नन्द दिन्छन् प्रतिमा सदा सती ।
चा–रु तरल नेत्रनचाउंदै शरी ।
र्य–स्ता अनेकौं थरी खेलले गरी ।
वि–लाश गर्छन् रस रंगमाभूली ।
शा–रंगिनीतीप्रियअंगमाझुली ।
ल–ज्जाइमाधूर्य मीठो वचन छरी ।
न–चाउँदानेत्र शरीर सो घरी ।
ग–र्दा प्रहार मन्मथ बाणको तहाँ ।
र–न्का उठी घायल हुन्न को ?यहाँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।