म त सालिग्राम भएछु : अप्सरा ढकाल (कविता )

म त सालिग्राम भएछु : अप्सरा ढकाल  (कविता )

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २४।

ओहो म त सालिग्राम भएछु
बुझ्नेले बुझे हुन्छ
पुज्नेले पुजे हुन्छ
कहिले ढुङ्गाले चिनिन्छु
कहिले भगवान भई पुजिन्छु
किनकि
चट्टानबाट फुट्छु
कर्ममा जुट्दै निरन्तर
हिमालबाट बहदाबहदै
जलको सामिप्यमा रहदा रहदै
म त सालिग्रामपो भएछु ।
मनपर्छ मलाई
बग्दाबग्दै ठोक्किन
अनि रहर लाग्छ मलाई
बाढिमा बग्दै बगरहरुमा पोखिन
कहिले ठुला ढुङ्गा बीच च्यापिएँ
कहिले अनबरत भेलबीच पनि अड्किएँ
कहिले किनारमा किचिएँ
कहिले पहिरोले थिचिएँ
र त आजम सालिग्राम भएछु ।
बग्दै जादापानीले पनि हिर्कायो
वेगको विस्वासमा समर्पित म
त्यसैले लछार्यो , पछार्यो , खियायो
धेरै बगे, धेरै ठोक्किए, धेरै नै पिट्टिएँ
कुल्चिएँ, फ्याकिएँ, बगाईएँ, घिस्रिएँ
रहरले, करले, खोलाबाट बाहिरिन्छु कि भन्ने डरले
जे होस्अनबरत बगिरहे आत्माविस्वासले
त्यसैले त म सालिग्राम भएछु ।
बुझ्नेले बुझे हुन्छ अनि पुज्नेले पुजे हुन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।