गजल : तिला लेकाली

गजल : तिला लेकाली

कपन अनलाइन
काठमाडौं, मंसिर १९।

छैन समाजमा कतै टकराब छैन
एक अर्कामा झन् कुनै वैरभाब छैन

यो बच्चा भोकले मरेको हो सरकार
तपाईं भन्नुहुन्छ अन्नको अभाव छैन

बोक्सी बकाइन्छ र दलित बनाइन्छ
हो हजुर यहाँ कुनै भेदभाव छैन

घरी जातियता घरी धर्म उरालिन्छ
स्वतन्त्र छ्न् सबै कसैको प्रभाव छैन

सरकार भन्छ समतामूलक छ देश
झुपडीहरुमा किन खुशी भाव छैन ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।