दुर्गन्ध भो देशमा : ओमप्रसाद कोइराला (कविता )
कपन अनलाइन
काठमाडौं, मंसिर १९।
कोठा सफा भएर हुन्न घरका दुर्गन्ध भो बाहिर
राखे हुन्छ सफा खटेर सहसा बन्छौ सबै माहिर
पmोहोरी पन आजदेखिन गयो हेर्दैछु सन्देशमा
सत्ता मोह भएर हुन्न अवता दुर्गन्ध भो देशमा ।
ठूलो मानिस भै बसेर घरमा होला र के उन्नति
पmोहोरी भइ बस्न बाध्य छ भने देखिन्छ पक्कै खति
मान्छे मानव बन्न यो मुलुकमा सक्छौ नयाँ भेषमा
आँखा चिम्लि हुदैन बस्नु यसरी दुर्गन्ध भो देशमा ।
हाम्रो धर्म सूकर्म गर्ने सजिलो पार्ने गरौं हर्दम
बढ्दै जान्छ सदैव यो भुवनमा सच्चा विकासे क्रम
हामी लाग्न सकौं सचेत दिलले सुरम्य सन्देशमा
छाडातन्त्र बढेर होकि किन हो दुर्गन्ध भो देशमा
आफ्नो स्वार्थ नहेर हेर जनता को भन्छ संसारमा
राम्रो काम गरे सदैव उसको सम्मान होला यहाँ
सत्तामोह बनेर हुन्न अहिले यो राष्ट्र नेपालमा
सेवाभाव अभाव भो यदि भने दुर्गन्ध भो देशमा ।
सानो सोच बिचारले सकलको कल्याण खै हुन्छ र ?
ठूलोमख्ख परेर दर्द अहिले संसारको बुझ्छ र ?
गर्ने को छ र शुद्ध भैकन सदा सत्कर्मको कामना
आफैं आफ भएर होकि अवता दुर्गन्ध भो देशमा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक