साझा गन्तव्य : छायादत्त न्यौपाने बगर (कविता )
कपन अनलाइन
काठमाडौं, मंसिर १९।
सामाजिक समभाव
मानवीय चेतनाको विस्तार
इमानको खेतमा
कर्मयोगले चिस्याएर
उर्वर भूमिसँग खेलेर
रमाउने पौरखी हातहरू
पराइलाई सुम्पिने दाउमा
कमिसनको च्याँखे थापेर
मेरो गोरुको बाह्रै टक्का
ढिपी कसिरहेको शासक
भत्काउँछ विकासे योजना
निरन्तर खोसिँदै छ जनता
हिजोदेखिको त्रसित मन
भागबिलोमा राज्यसत्ता
लुटाइँदै छ पसिना
अस्तव्यस्त छरेर चेतना
कुच्याएर स्वाभिमान
च्यातेर स्वाधीन इतिहास
नबिउँझाई जनभावना
डेरा सारेर नैतिकता
फोहो¥याएर विवेकी चौतारो
बहकिएका जनप्रतिनिधि
कर्तव्य छाड्दै यी कर्मचारी
यसरी सर्वत्र बढ्दै गरेको बेथिति
उधिनेर विद्रुप बोलबाला
सजाउनु छ सहिष्णु जीवन
उठाएर हात खनौं खेत
बटुलेर जाँगर गरौँ कर्म
बाँचौं हाँसेर जीवन जस्तो जीवन
साझा गन्तव्य भेटौंसँगै
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।