काठमाण्डौ क्षेत्र नं ५ मा मतगणना स्थगित ..

कपन अनलाइन 

काठमाडौँ, मङ्सिर ५।

काठमाण्डौ क्षेत्र नं ५ मा मतगणना स्थगित भएको छ ।

काठमाण्डौ क्षेत्र नं ५ को काठमाण्डौ महानगरपालिका वडा नं ८ ख बुथमा सत प्रतिसत मत खसेको विवरण आएपछि भएको विवादका कारण मतगणना स्थगित भएको श्रोतले जानकारी दिएको छ।

सो बुथमा रहेका ८६८ मतमा ८६८ नै मत खसेको विवरण आएपछि विवाद भएको थियो।

काठमाण्डौ क्षेत्र नं ५ मा ७०,९१९ मतदाता रहेका छन । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार काठमाण्डौ क्षेत्र नं ५ मा ३७१२५ महिला मतदाता रहेका छन भने ३३,७९१ पुरुष र ३ अन्य मतदाता रहेका छन।
तिन स्थानीय तहका १५ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा २९ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन। जसमा १५ राजनीतिक दलर १४ जना स्वतन्त्र रहेका छन।
३१ मतदान स्थल र ८१ वटा मतदान केन्द्र रहेको काठमाण्डौ क्षेत्र नं ५ मा ७५.८६ प्रतिसत्  खस आर्य ,२०.६९ प्रतिसत आदिवासी जनजाती र ३.४५ प्रतिसत दलित मतदाता रहेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।