काठमाण्डौ क्षेत्र नं ५ मा सर्वदलीय बैठक जारी, १ बजे देखि मतगणना सुरु हुने
कपन अनलाइन
काठमाडौँ, मङ्सिर ५।
काठमाण्डौ क्षेत्र नं ५ मा सर्वदलीय बैठक जारी रहेको छ।
टोखा नगरपालिका वडा नं ५ मा रहेको श्री समाज भवनमा चलिरहेको सर्वदलीय बैठकले दिउसो १ बजे देखि मतगणनाको तयारीका गरेको नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन।
काठमाण्डौ क्षेत्र नं ५ मा ७०,९१९ मतदाता रहेका छन । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार काठमाण्डौ क्षेत्र नं ५ मा ३७१२५ महिला मतदाता रहेका छन भने ३३,७९१ पुरुष र ३ अन्य मतदाता रहेका छन।
तिन स्थानीय तहका १५ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा २९ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन। जसमा १५ राजनीतिक दल र १४ जना स्वतन्त्र रहेका छन।
३१ मतदान स्थल र ८१ वटा मतदान केन्द्र रहेको काठमाण्डौ क्षेत्र नं ५ मा ७५.८६ प्रतिसत् खस आर्य ,२०.६९ प्रतिसत आदिवासी जनजाती र ३.४५ प्रतिसत दलित मतदाता रहेका छन।
काठमाण्डौ क्षेत्र नं ५ मा ४ महिला र २५ पुरुष उम्मेदवार रहेका छन।
तपाइँको प्रतिक्रिया ।