मतदान केन्द्र निर्माण तयारी पुरा
कपन अनलाइन
काठमाडौँ, मङ्सिर ३ ।मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मतदान स्थलमा पुुगेका कर्मचारीले काठमाडौं क्षेत्र नं ३का मतदान केन्द्र निर्माण कार्य पुरा गरेका छन ।मतदान कार्यलाई कसरी सहज र व्यवस्थित बनाउने भन्नका लागि खटिएका कर्मचारीले मतदान स्थलमा केन्द्र निर्माण कार्य गरेका हुन।
मतदान केन्द्रलाई घेराबार गर्ने, मतदातालाई पंक्तिबद्ध भएर बस्न डोरी लगाउने, मतदान गर्न जाने र निस्कने बाटो निर्माण गर्ने, अस्थायी शौचालय निर्माण र पिउने पानीको समेत व्यवस्था गरिएको छ।
त्यसैगरी, गोप्य मतदानका लागि कोठा निर्माण, मतपेटिका राख्ने स्थानसमेत तयार गरिएको छ भने मतदान केन्द्रलाई घेराबार गर्ने, मतदातालाई पंक्तिबद्ध भएर बस्न डोरी लगाउने, मतदान गर्न जाने र निस्कने बाटो निर्माण गर्ने, अस्थायी शौचालय निर्माण र पिउने पानीको समेत व्यवस्था गरिएको छ।
त्यसैगरी, गोप्य मतदानका लागि कोठा निर्माण, मतपेटिका राख्ने स्थान समेत तयार गरिएको छ भने चारकिल्ला छुट्याउने , मदिरा निषेधित, हातहतियार निषेधलगायत विषयमा सूचनासमेत जारी गर्ने कार्य भएको छ ।

