नेकपा एमाले काठमाण्डौ क्षेत्र नं २ को घरदैलोमा स्थानीयको ब्यापक सहभागिता

कपन अनलाइन

काठमाडौं,कात्तिक २९ । नेकपा एमाले  काठमाण्डौ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार  मणिराम फुयाल र प्रदेश सभा सदस्यका उम्मेदवार सुवर्ण श्रेष्ठले  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा घरदैलो गरेका छन । आज कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६  मुलपानी चौर बाट शरु भएको घरदैलो खहरे-फुयाल गाउँ –मिलनचोक-बाबाचोक-लामिछाने गाउँ -अधिकरी गाउँ -रमाइलो समाज-रामजानकी टोल- हाउजिङ गेट सम्म चलेको थियो।

उम्मेदवारहरु उक्त वडामा घरदैलोको क्रममा पुग्दा स्थानीयहरुले निकै उत्साहपूर्ण रूपमा स्वागत गरेका थिए।उम्मेद्वार सहित नेताकार्यकर्ता झन्डा र चुनाव चिन्ह बोकेर घरदैलोमा निस्किएको  नेकपा एमालेले क्षेत्र नं २ का उम्मेदवारहरुले मतदाता सामु पुगी नेकपा एमाले र सुर्य चिन्हमा मतदान गर्नका लागि मतदाताहरु समक्ष आग्रह गर्दै आएका छन भने  उम्मेदवारहरुले आफ्नो एजेण्डा मतदातालाई बुझाउने प्रयास गरिरहेका थिए ।

घरदैलोमा उम्मेदवार संग संगै कार्यकर्ता र स्थानीयको बिशाल सहभागिता रहेको थियो यसले पनि मतदातालाइ उत्साहित बनाएको छ   प्रतिनिधि सभा सदस्यको उम्मेदवार मणिरामफुयाल अघिल्लो निर्वाचनमा करिब ८ हजार मत अन्तरसहित प्रदेशसभामा निर्वाचित भएका थिए । विगतमा राजनीतिसँगै शिक्षा क्षेत्रमा क्रियाशील फुयाल अन्य उम्मेदवारहरुको तुलनामा बौद्धिक, सरल र मिजासिलो स्वभावका छन् । यही कारण उनी अघिल्लो पटक प्रदेशसभामा शानदारसँग विजयी भएका हुन् । पार्टीको बलियो संगठन र फुयालको व्यतित्व प्रभावको कारण सो  क्षेत्र फराकिलो मत अन्तरसहित  जित्ने एमालेको दाबी रहेको छ  ।

एमाले प्रदेश सभातर्फ १ सानुकुमार श्रेष्ठ र २ मा सुवर्ण श्रेष्ठलाई उठाएको छ । सुवर्ण यसअघि शंखरापुरमा मेयर थिए । जनतामा सजिलै घुलमिल हुने स्वभावका सुवर्ण एमालेको क्षेत्रीय कमिटी अध्यक्ष र जिल्ला कमिटी हुँदै मेयर बनेका हुन् । अघिल्लो पटक प्रदेशसभामा नेतृत्व गरेका सानुकुमार बागमती प्रदेशका सभामुख हुन ।यस क्षेत्रमा प्रतिनिधिसभाको लागि नेकपा एमालेबाट मणिराम फुयाल, सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्ती पोखरेल प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न दलका २० र अन्य १० उम्मेदवार समेत चुनावी मैदानमा होमिएका छन् ।

तपाइँको प्रतिक्रिया ।