काठमाण्डौ क्षेत्र नं २ (२ ) : कृष्णहरीको कदमले नेकपा एमालेका सुवर्णलाई सजिलो….

काठमाण्डौ क्षेत्र नं २ (२ ) : कृष्णहरीको कदमले नेकपा एमालेका सुवर्णलाई सजिलो….

कपन अनलाइन
काठमाडौं, कात्तिक २९।

काठमाण्डौ क्षेत्र नं २ (२ ) मा नेकपा एमालेका प्रदेस सभा सदस्य उम्मेदवारको प्रचारमा नेता कृष्णहरी थापा निकै सक्रिय बनेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख बनेका दुई नेताको संगमले काठमाण्डौ क्षेत्र नं २ (२ ) को राजनीतिक माहोल निकै तातेको चर्चा हुन् थालेको छ।

शंखरापुर नगरपालिकाको प्रथम नगर प्रमुख बनेका सुवर्ण श्रेष्ठको प्रचार अभियानमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रथम प्रमुख कृष्णहरी थापा सक्रिय बने संगै उनको माहोल निकै राम्रो बनेको एक स्थानीय नेताले बताए।

नेकपा एमालेको संगठन र क्षेत्रका जनताको विचमा परिचित र प्रभाव पार्न सक्ने थापा नेकपा एसबाट नेकपा एमालेमा फर्किए संगै प्रतिनिधि सभा र प्रदेस क्षेत्रको अभियानमा सहयोग पुगेको बताउदै रि नेताले श्रेष्ठको प्रदेस सभाको यात्रालाई सहज बनाएको विश्लेषण समेत गरेका छन।

शंखरापुर नगरपालिकाका ९ वडा र कागेश्वरी मनोहरा नगरपालिकाका ६ वडा रहेको काठमाण्डौ क्षेत्र नं २ ( २ ) मा   २०७४ सालको प्रदेस सभा निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका मणिराम फुंयाल १६५७५ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मनहरी खड्काले ८२६८ मत प्राप्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।