ईश्वर पोखरेल र नारायण सिलवालको बृहत पदयात्रामा अन्जान शाक्य र करिश्मा मानन्धरको साथ……..

ईश्वर पोखरेल र नारायण सिलवालको बृहत पदयात्रामा अन्जान शाक्य र करिश्मा मानन्धरको साथ……..

कपन अनलाइन
काठमाडौं, कात्तिक २९।

काठमाण्डौ क्षेत्र नं ५ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार ईश्वर पोखरेल र प्रदेस सभा सदस्य उम्मेदवार नारायण सिलवालको बृहत पदयात्रामा अन्जान शाक्य र करिश्मा मानन्धरले साथ दिएका छन।

नेपाली रजतपटकी शशक्त व्यक्तित्व मानन्धर निरन्तर चुनावी अभियानमा रहेकी छन भने कार्तिक २८ गते गहना पोखरीबाट सुरु भएको पदयात्रामा बहुआयमिक व्यक्तित्वकी धनी अन्जान शाक्य पनि सहभागी भएकी थिइन्।

काठमाण्डौ महानगरपालिकाका वडा नं २ ,४ र ५ रहेको काठमाण्डौ क्षेत्र नं ५ का विभिन्न स्थानको परिक्रमा गरेको पदयात्रामा स्थानीयहरुको विशाल उपस्थिति रहेको थियो।

काठमाण्डौ महानगरपालिकाका ४ वटा वडा ,बुढानिलकण्ठ नगरपालिकाका ५ वटा वडा र टोखा नगरपालिकाका ६ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ५ मा  स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले बलियो देखिएको छ।

२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५  का १५ वटा वडामा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा ४८५०  मतले अगाडी रहेको छ।

काठमाण्डौ क्षेत्र नं ५  का ११ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेकपा एमालेको कुल मत १९७०३  रहेको छ भने ३  वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेपाली कांग्रेसको मत १४८५३ रहेको छ।

निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ५  मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बनेका उम्मेदवारहरुले १८२७  मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ११६८ र राप्रपाका उम्मेदवारहरुले २८२२ मत प्राप्त गरेका थिए।

२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ मा विजयी बनेका नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले २३०२९  मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका डा. प्रकाश शरण महतले १३१६९ मत प्राप्त गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।