Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/10/312712449_5615403251830972_2984472884037028813_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर तालिन्चोक युवा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न

कपन अनलाइन

काठमाडौँ, कात्तिक ६ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर तालिन्चोक युवा क्लबको आयोजनामा कार्तिक ५ गते शनिबार बिहान ९ बजे देखि दिउसो २ बजे सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित  कृष्ण मन्दिर परिसरमा रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राबिधिक सहयोगमा भएको सो रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको गोकर्णेश्वर तालिन्चोक  युवा क्लबका अध्यक्ष श्याम श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए ।

पछिल्लो समय डेंगु प्रकोपको रुपमा फैलिएपछि राजधानी लगायत देशका अधिकांश रक्तसञ्चार केन्द्रमा  प्लेटलेसको माग बढेसँगै रगत अभाव हुन थालेको छ  । डेँगु संक्रमितसँगै अन्य रोगका विरामीले समेत सहज रुपमा रगत पाउन नसकिरहेको अवस्थालाई मध्य नजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको समेत क्लबका अध्यक्ष श्याम श्रेष्ठले जानकारी गराएका छन  ।

उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाप्रमुख दिपक कुमार रिसाल  गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा  गोकर्णेश्वर नगरपलिका वडा नं. ४ का वडा अध्यक्ष जयराम महत , वडा सदस्यहरु  राजेश श्रेष्ठ , वडा सदस्य सुनिता परियार लगायत आयोजक संस्थाका पदाधिकारी सहित स्थानीयको सहभागिता रहेको थियो । छोटो समयको तयारीका बाबजुत पनि ५१ जनाले रक्तदान गरेकोमा खुसि ब्यक्त  गर्दै गोकर्णेश्वर तालिन्चोक  युवा क्लबका अध्यक्ष श्याम श्रेष्ठले  रक्तदाताहरुलाई धन्यवाद दिएका छन् भने आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा समेत  गरेका छन।

तपाइँको प्रतिक्रिया ।