नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर-३ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, कात्तिक ७। नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर-३क्षेत्रीय प्रचारप्रसार समिति द्वारा आयोजित  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । समितिले शनिबार जोरपाटी स्थित पिस ब्यान्केटमा दिपावली, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा  चियापान कार्यक्रम आयोजना गरेको हो ।

चुनाव प्रचारप्रसार समिति सदस्य एव क्षेत्र नम्बर ३ प्रचारप्रसार संयोजक हरिबोल भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं पुर्वमन्त्री अम्बिका बस्नेत, काठमाडौं-३ बाट प्रतिनिधि सभा उम्मेदवार एव नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसे, प्रदेस सभा उम्मेदवार एवं काठमाडौं क्षेत्र नं ३ प्रदेश २ सभापति बिमल ठकुरी,

काठमाडौं क्षेत्र नं ३  प्रदेश प्रदेश १ का उम्मेदवार छिरिङ दोर्जे लामा, क्षेत्रीय सचीव एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख  दिपक कुमार रिसाल, प्रदेस १ का प्रचारप्रसार संयोजक एवं पार्टी प्रदेस १ सभापति श्रीराम चालिसे, काठमाडौ जिल्ला सचिव गोविन्द हरि पुडासैनी लगायत पार्टीका नेता कार्यकर्तासहित भ्रातृसंगठनका पदाधिकारी र सदस्य तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी भएको कार्यक्रम संचालन नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का सचिव भुवन लामाले गरेका थिए।

 कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं पुर्वमन्त्री अम्बिका बस्नेत, काठमाडौं-३ बाट प्रतिनिधि सभा उम्मेदवार एव नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसे, प्रदेस सभा उम्मेदवार एवं काठमाडौं क्षेत्र नं ३ प्रदेश २ सभापति बिमल ठकुरी, काठमाडौं क्षेत्र नं ३  प्रदेश प्रदेश १ का उम्मेदवार छिरिङ दोर्जे लामा, क्षेत्रीय सचीव एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख  दिपक कुमार रिसाल लगायतले  चाडपर्वहरुको शुभकामना ब्यक्त गर्दै आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई अत्यधिक बहुमतले बिजयी गराउन लाग्नु पर्नेमा जोड दिएका थिए ।

उनीहरुले  मुलुकमा आइपरेका हरेक राजनीतिक संकटबाट पार लगाउने काम काँग्रेसले नै गरेको र काँग्रेस बलियो रहे मात्र लोकतन्त्र र संविधान सुरक्षित हुने भएकाले काँग्रेसका उम्मेदवारहरुलाइ जिताउन अनुरोध गरेका थिए।

 वक्ताहरुले  नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी  भएको हुँदा सबैलाई आफु राम्रो छु भनेर अगाडि आउन मन लाग्नु अस्वाभाविक नभएको बताउदै  हरेकको पालो आउने  तर त्यसको लागि पार्टीलाई बलियो बनाएर लैजानु पर्नेमा जोड दिदै उम्मेदवारहरुलाई जिताउन सबैले आ आफ्नो ठाउँ बाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै केन्द्रिय चुनाव प्रचारप्रसार समिति सदस्य एव क्षेत्र नम्बर ३ प्रचारप्रसार संयोजक हरिबोल भण्डारीले उपस्थित सबैलाई धन्यवाद दिएका थिए।उनले  काङ्ग्रेस र लोकतन्त्र एक अर्काको पर्याय भएको भन्दै काङ्ग्रेसले जितेपछि मात्रै लोकतन्त्र सुदृढ हुने बताए । उनले  नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउनको लागि कुनै कसर बाँकी नराखी अघि बढ्नुपर्नेमा जोड दिदै दिपावली, नेपाल संवत र छठ पर्वको शुभकामना दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।