ओखलढुंगामा यज्ञराजलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिए
कपन अनलाइन
काठमाण्डौ ,असोज २७।
ओखलढुंगामा एमालेका उम्मेदवार यज्ञराज सुनुवारलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार हर्कबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएका छन् । सुनुवारको जितलाई सहज बनाउन भन्दै खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएर उम्मेदवारी फिर्ता गरेका हुन् ।
खड्काले जिल्लामा विकास निर्माण र जनताका स–साना समस्यामा समेत सुनुवारले महत्वपूर्ण भूमिका निर्वाह गरेको र जनताको माग सुनुवारकै रहेकाले आफुले उम्मेदवारी फिर्ता लिएको बताएका छन ।
आफुलाई समर्थन सहितको उम्मेदवारी फिर्ता लिएपछि एमाले उम्मेदवार सुनुवारले धन्यवाद दिँदै सिंगो जिल्लाबासीको आफुलाई साथ र समर्थन रहने दावी गरेका छन् ।
तपाइँको प्रतिक्रिया ।