काठमाण्डौ ५ (२) मा दीपक निरौलालाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिने नेपालको घोषणा

काठमाण्डौ ५ (२) मा दीपक निरौलालाई समर्थन गर्दै  उम्मेद्वारी फिर्ता लिने नेपालको घोषणा

कपन अनलाइन

काठमाण्डौ ,असोज २६।

काठमाडौं क्षेत्र नं  ५ (२) मा  स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका कृष्ण नेपालले नेकपा एमालेका उम्मेदवार दीपक निरौलालाई समर्थन गर्दै  आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ५ ले आयोजना गरेको निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा बोल्दै  नेपालले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए ।

२०७४ सालको प्रदेस सभा निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निर्वाचित भएका निरौलाले गरेको विकास निर्माण लगायतका कामप्रती प्रभावित भएर आफुले उनलाई समर्थन गरेको घोषणा गर्दै नेपालले  देश भरमा एमालेले गरेका कामको प्रसंशा समेत गरेका थिए।
तपाइँको प्रतिक्रिया ।