ओखलढुंगा जिल्लाको प्रतिनिधि सभामा १० उम्मेदवार ,चुनावी मैदानमा नौ दल एक स्वतन्त्र

कपन अनलाइन

काठमाण्डौ ,असोज २५।

ओखलढुंगा जिल्लाको  प्रतिनिधिसभामा १० जनाले उम्मेद्वारी दर्ता गराएका छन् । ओखलढुंगा जिल्लाको प्रतिनिधि सभामा नौ वटा पार्टीले उम्मेद्वारी दिएका छन भने एकजना स्वतन्त्र उम्मेदवार रहेका छन।

२०७४ सालमा भएको ओखलढुंगा जिल्लाको प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार र उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडा मैदानमा रहेका थिए। यस पटक पनि सुनुवार र खतिवडा आमने सामने भएका छन।

को को छन प्रतिनिधिसभाका उम्मेद्वारहरु ?
१. बिर्जबहादुर मगर – मंगोल नेशनल अर्गनाईजेशन
२. शोभा कार्की – राष्ट्रिय स्वतन्त्र पार्टी
३. यज्ञराज सुनुवार – नेकपा एमाले
४. कुमार तामाङ – नेपाल मजदुर किसान पार्टी
५. हर्कबहादुर खड्का – स्वतन्त्र
६. रामहरि खतिवडा – नेपाली काँग्रेस
७. डिकप्रसाद बास्तोला – राप्रपा नेपाल
८. जुद्धबहादुर राई – जसपा नेपाल
९. योगेन्द्र बस्नेत– नेकपा एकीकृत समाजवादी
१०. ङिमा लमु शेर्पा – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)

 

तपाइँको प्रतिक्रिया ।