काठमाण्डौ क्षेत्र नं ४ को राजनीतिमा तरंग…….
कपन अनलाइन
काठमाण्डौ,असोज २५।
नेपाली राजनीतिका दुई प्रभावशाली तथा सम्भावना बोकेका दुई युवा नेता प्रत्यक्ष चुनावी मैदानमा आमने सामने भएपछि काठमाण्डौ क्षेत्र नं ४ को राजनीति तरंगित बनेको छ।
हरेक निर्वाचनमा चर्चा र प्रचारको केन्द्रमा रहने काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले मनोनयन दर्ता गरेर चुनावी अभियान सुरु गरेका छन।
त्यस्तै काठमाण्डौ क्षेत्र नं ४ मा रास्ट्रीय प्रजातन्त्र पार्टीले पनि उम्मेद्वारी दर्ता गराएको छ। राप्रपाले काठमाण्डौ क्षेत्रमा नं ४ मा डा.ठाकुर मोहन श्रेष्ठलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएको छ।
श्रेष्ठ संगै राप्रपाले प्रदेस सभा क्षेत्र नं १ मा ऋद्दी प्रताप जबरालाई उम्मेदवार बनाएको छ भने प्रदेस सभा क्षेत्र नं २ मा पुन्यलाल श्रेष्ठलाई उम्मेदवार बनेका छन।
नेकपा एमालेले प्रदेस क्षेत्र नं १ मा तेज प्रसाद ढकाल र क्षेत्र नं २ मा जयराम थापालाई उम्मेदवार बनाएको छ भने गठबन्धनका तर्फबाट प्रदेस क्षेत्र नं १ मा नेपाली कांग्रेसका श्रीराम लामिछाने र प्रदेस क्षेत्र नं २ मा नेकपा एसका कुसुम कुमार कार्की उम्मेदवार बनेका छन।
काठमाण्डौ महानगरपालिकाका ४ र बुढानिलकण्ठ नगरपालिकाका ८ वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ का ९ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेकपा एमालेको कुल मत १६,५०७ रहेको छ भने ३ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेपाली कांग्रेसको मत १५,७६३ रहेको छ।
निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बनेका उम्मेदवारहरुले २,४१४ मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ८४४ र राप्रपाका उम्मेदवारहरुले २,२९३ मत प्राप्त गरेका थिए।