भारतीय प्रधानमन्त्रीको बङ्गलादेश भ्रमण ‘सफल’
ढाका, २५ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालैमात्र बङ्गलादेशको दुई दिने भ्रमण सम्पन्न गर्नुभएको छ । उहाँ यही आइतबार आफ्नो दुई दिने भ्रमण सकेर स्वदेश फर्किनुभएको हो ।
भारतीय विशेष एरफोर्सबाट उहाँ आइतबार राति ८ः४० बजे भारतीय राजधानी नयाँ दिल्ली अवतरण गर्नुभयो ।
प्रधानमन्त्री मोदीलाई विदाई गर्न उहाँका बङ्गलादेशी समकक्षी प्रधानमन्त्री शेख हसिना तथा त्यहाँका बरिष्ठ मन्त्रीहरु पनि विमानस्थल उपस्थित हुनुभएको थियो ।
बङ्गलादेशको हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा बङ्गलादेशको राष्ट्रिय सेनाले उहाँको विदाईमा विशेष प्रस्तुती दिएको थियो ।
आइतबारै बिहान प्रधानमन्त्री मोदीले बङ्गलादेशका विभिन्न नेताहरुसँग राजनीतिक भेटघाट गर्नुभएको थियो । त्यस क्रममा उहाँले त्यहाँकी विपक्षी नेत्री खालिदा जियासँग पनि भेटवार्ता गर्नुभएको थियो ।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले नै उक्त भ्रमण निकै नै फलदायी भएको टिप्पणी गर्नुभएको समाचारमा उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो– भ्रमण हामीले सोचेजस्तै सफल भएको छ ।
यद्यपि भारतले बङ्गलादेशको एक प्रस्तावमा भने स्वीकृति जनाउन सकेन । टिस्टाको पानीको बाँडफाँडको मुद्दामा भने भारतले सहमति जनाउन सकेन ।
बङ्गलादेशले सो प्रस्तावमा हस्ताक्षरका लागि निकै जोड गरेको भएपनि अन्तिममा आएर नयाँ दिल्ली भने त्यसमा हस्ताक्षर गर्न अनिच्छुक देखिएको एक अधिकारीले जनाएका छन् ।
यो एजेण्डमा हस्ताक्षर गर्न नसकेपछि भने बङ्गलादेशका नागरिक भारतको विरोधमा उत्रिएका थिए । उनीहरुले यसले आफुहरुलई निकै नै निराश तुल्याएको बताएका थिए ।
यस भ्रमाणका क्रममा भारत र बङ्गलादेशले कयौं एजेण्डमा सहमति र हस्ताक्षर गरिसकेका छन् । उनीहरुले यस भ्रमणका क्रममा २२ वटा विभिन्न एजेण्डमा सहमति जनाएका थिए ।
यसमा एउटा एजेण्डा भारत र बङ्गलादेशका विभिन्न विवादास्पद क्षेत्रमा बसोबास गर्दै आएका कयौं सीमा क्षेत्रीय नागरिकहरुले नागरिकता प्राप्त गर्न पाउने पनि हो ।
यस सहमतिले भने दुवै देशका नागरिकलाई आपसमा खुसी तुल्याएको थियो । कुनैपनि देशले नस्विकारेको र अनागरिकको रुपमा जिवन जिउन बाध्य भएका नागरिकलाई यस सम्झौताले भने ठूलो खुसी दिलाएको छ ।
सहमति भएका अन्य विषयहरुमा व्यापार, लगानी, शिक्षा, जलवायू परिवर्तन तथा सूचना तथा सञ्चार रहेका छन् । यी क्षेत्रका कयौं महत्वपूर्ण विषयमा यी दुई देशबीच सहमति र सम्झौता भएको छ ।
साथै यी दुई देशले सन् १९७४ को सीमा सहमति र सन् २०११ को यसको प्रोटोकलको पनि परिमार्जन गरी आपसी हितका रुपमा प्रयोगमा ल्याउने बारेमा सहमति गरेका छन् ।
यसका अतिरिक्त हिन्द महासागर र बङ्गालको खाडीको सामुद्रिक कानुन र नियममा समन्वय गरी अघि बढ्ने र सामुद्रिक कानुनमा पनि आवश्यकताको आधारमा परिमार्जन गर्ने बारेमा पनि कुराकानी भएको थियो ।
यस भ्रमणका क्रममा चट्गाउ र मोङ्गला बन्दरगाहको पनि सामुहिक हितमा के कसरी आपसी रुपमा प्रयोग गर्ने भन्ने बारेमा पनि सहमति भएको छ । यसले पनि त्यस क्षेत्रका बहुसङ्ख्यक नागरिकलाई निकै ठूलो फाइदा पुग्ने बताइन्छ ।
प्रधानमन्त्री मोदीको भारत भ्रमणका क्रममा उहाँको समर्थन वा प्रसंशा र विरोधमा समेत गरी विभिन्न जुलुश निस्किएका विश्लेषकहरु बताउछन् ।
उहाँ राजधानी ढाका प्रवेश गर्ने क्रममा ढाका शहरको किनारका केही नागरिकले उहाँको विरोधमा प्रदर्शन गरेका थिए । उनीहरुले सन् २००२ मा उहाँ आफै गुजरातको मुख्यमन्त्री हुदा भएको दङ्गामा परी मारिएका मुस्लिम नागरिकका पक्षमा उनीहरुले सो प्रदर्शन गरेका थिए ।
उता आइतबारै प्रधानमन्त्री मोदीको पक्षमा राजधानी ढाकामा प्रदर्शन गर्ने व्यक्ति पनि थिए । उनीहरुले उक्त भ्रमणका क्रममा भएको सहमतिको पक्षमा उनीहरुको प्रदर्शन थियो ।
विवादास्पद सीमा क्षेत्रमा बस्दै आएका नागरिकले देश रोज्न पाउने अधिकारसहितको सम्झौतालाई पचास हजार भन्दा बढीको सङ्ख्याका प्राय बङ्गाली नागरिकले सो अधिकार पाएका छन् । रासस÷सिन्ह्वा