जया मल्टीपल क्याम्पसले गर्यो कक्षा १२ उत्तीर्ण बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम
कपन अनलाइन
काठमाडौं, भाद्र २७ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारीमा संचालित जया मल्टीपल क्याम्पसले कक्षा १२ उत्तीर्ण बिद्यार्थीहरुलाई शनिबार एक कार्यक्रमका बीच बधाई तथा शुभकामना दिएको छ । काठमाडौंको पूर्वी भेगमा २०६१ साल बाट छुट्टै पहिचान बनाउदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उक्त संस्थाले कक्षा १२मा बिज्ञान, व्यवस्थापन मानविकी र कानुन बिषयमा उत्कृष्ट ग्रेड सहित उत्तीर्ण बिद्यार्थीहरुलाई सम्मान सहित बधाई दिएको हो ।
कलेजका संस्थापक देबी घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्याब्सनका पुर्व महासचिव एबम हालका उपाध्यक्ष कुमार घिमिरे रहेका थिए बिशेष अतिथिको रुपमा क्याम्पसका संस्थापक सदस्य राम चन्द्र देबकोटा, पदमा रिजाल कलाकार एबम गायका कुन्ती मोक्तान सहित क्याम्पसका अध्यापक शिक्षक र बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले कक्षा १२ उत्तीर्ण बिद्यार्थीहरुलाई बधाई दिदै उज्वल भविष्यको कामना व्यक्त गरेका थिए । उनले स्वदेशमा नै लाग्ने गरि अध्ययनलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै जय मल्टिपल क्याम्पसले ब्याचलरमा बिए / बि बिएस/ बि एस डब्लु/ बि सी ए,बि बि एम र मास्टर्समा एम बि एस कार्यक्रम संचालन गरेको जानकारी गराएका थिए ।
उनले जया मल्टिपल क्याम्पसमा नियमित पठन पाठन संगै विद्यार्थीहरुको सृजनात्मक विकासमा प्राथमिकता दिएको उल्लेख गर्दै क्याम्पस प्रमुख पौडेलले क्याम्पसको शैक्षिक तथा भौतिक पूर्वाधार उपयोगी रहेको बताएका थिए । दक्ष अनुभवी शिक्षक शिक्षिकाहरु द्वारा अध्यापन गराइने उक्त क्याम्पसमा पढ्ने निर्णय गरेका बिद्यार्थी र अभिभावकहरुलाई कलेजले निरास नबाउने बताउदै बिद्यार्थीहरुको उज्ज्वल शैक्षिक भबिष्य निर्माणमा क्याम्पस प्रतिबद्द रहेको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका पुर्व महासचिव एबम हालका उपाध्यक्ष कुमार घिमिरेले कक्षा १२ उत्तीर्ण बिद्यार्थीहरुलाई बधाई दिदै उनीहरुको उज्ज्वल भबिष्यको कामना गरेका थिए । उनले मेहनत र लगनका साथ अध्ययन गर्ने हो भने नेपालमै अवसर पाइने हुँदा मेहेनत गरेर अध्ययन गर्नु पर्नेमा उनको जोड रहेको थियो ।
कार्यक्रममा जया मल्टिपल क्यामपसमा कक्षा १२मा बिज्ञान, व्यवस्थापन मानविकी र कानुन बिषयमा उत्कृष्ट ग्रेड सहित उत्तीर्ण बिद्यार्थीहरुलाई मायाको चिनो सहित बधाई दिईएको कार्यक्रममा गायक मुस्कान राइले गायन बाट र बिद्यार्थीहरुले बिभिन्न नृत्य मार्फत मनोरंजन समेत प्रदान गरेका थिए ।कार्यक्रमका अध्यक्षएबम कलेजका संस्थापक देबी घिमिरेले कक्षा १२ उत्तीर्ण बिद्यार्थीहरुलाई बधाई दिदै कलेजका बिशेषताको बारेमा चर्चा गर्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।