संस्थागत बिद्यालय संघ नेपाल इसान द्वारा आयोजित  एस ई ई सम्मान तथा अन्तर बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

संस्थागत बिद्यालय संघ नेपाल इसान द्वारा आयोजित  एस ई ई सम्मान तथा अन्तर बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौँ, भाद्र २३ । संस्थागत बिद्यालय संघ नेपाल इसान द्वारा आयोजित  एस ई ई सम्मान तथा अन्तर बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता  सम्पन्न भएको छ । संस्थागत बिध्यालयहरुको हकहितको संरक्षण, संस्थागत विकास तथा बिद्यार्थीहरुको सर्वांङगीण बिकासका लागि सामुहिक प्रयत्न गर्ने उदेश्य सहित बिक्रम संवत २०६३ सालमा गठन भई २०६५ सालमा विधिवत रुपमा दर्ता गरि संचालनमा आएको संस्थागत बिद्यालय संघ नेपाल इसानले बिद्यार्थीहरुको चौतर्फी विकास होस् भन्ने आशय राखी समय समयमा बिभिन्न क्रियाकलापहरु गर्दै आएको  संस्थागत बिद्यालय संघ नेपाल इसानले  २०७८ सालको एस ई ई परिक्षामा सम्मिलित बिद्यार्थीहरु मध्ये उत्कृष्ट ग्रेड हासिल गर्ने बिद्यार्थीहरुलाई हौसला  दिन  एस ई ई सम्मान  र नेपाली मौलिक लोक- संस्कृतिको सम्बदर्धनका लागि उपत्यका ब्यापी अन्तर बिध्यालय  स्तरीय लोक नृत्य प्रतियोगिता को साथै गत जेठ महिनामा संचालित इसान क्रिष्टिना निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई एक कार्यक्रमका बीच पुरस्कृत गरेको हो ।

बुधबार  नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा संस्थागत बिद्यालय संघ नेपाल इसानका बरिष्ठ उपाध्यक्ष तथा हालका कार्यवाहक अध्यक्ष मदनराज रेग्मीको अध्यक्षतामा भएको  उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकारका शिक्षा, बिज्ञान, तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेल  रहेका थिए भने बिशेष अतिथिको रुपमा एन प्याब्सन केन्द्रीय सह अध्यक्ष सुवास न्यौपाने, नेपाल मेडिकल कलेज कि क्यान्सर बिभाग प्रमुख शशी पुन, इसानका निवर्तमान अध्यक्ष, इसान पूर्व अध्यक्ष परिषद्का संयोजक तथा होली एन्जेल्स पव्लिक स्कुल र कलेजका प्रिन्सिपल राजकुमार श्रेष्ठ पुर्व अध्यक्ष बालमुकुन्द कार्की,  इसानका उपाध्यक्ष एबम कागेश्वरी मनोहरा नगरपालिका  संयोजक   कुमार अधिकारी  इसानका उपाध्यक्ष एबम कार्यक्रम संयोजक साधना खतिवडा,

गोकर्णेश्वर प्याब्सन अध्यक्ष दुर्गानाथ शिवाकोटी, गोकर्णेश्वर एन प्याब्सन अध्यक्ष मोहन अधिकारी,निसानका अध्यक्ष सौर्यनाथ आचार्य, बालअधिकारकर्मी तथा समाजसेवी तेज प्रसाद तिम्सिना  स्व.कृष्टिना भण्डारीका बुवा कृष्ण भण्डारी इसान कार्य समितिका पदाधिकारी बिभिन्न बिध्यालयका  प्रधानाध्यापक शिक्षक प्रतिनिधि सहित बिद्यार्थीहरुको बाक्लो  उपस्थिति रहेको   उक्त कार्यक्रम संचालन इसानका महासचिब  गणेश प्रसाद खतिवडाले गरेका थिए ।

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमका प्रमुख अतिथि रुपमा नेपाल सरकारका शिक्षा, बिज्ञान, तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले  पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए । इसानका उपाध्यक्ष एबम कार्यक्रम संयोजक साधना खतिवडाले स्वागत मन्तब्य राखेको कार्यक्रममा इसानका उपाध्यक्ष एबम कागेश्वरी मनोहरा नगरपालिका  संयोजक  कुमार अधिकारीले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए ।२० वटा बिध्यालय सहभागी भएको उक्त बिध्यालयस्तरीय लोक नृत्य प्रतियोगितामामा बाल बाटिका माबी प्रथम भयो भने नेपालय इंगलिस पब्लिक स्कुल दितीय त्यसै गरि पिक पोइन्ट स्कुल तृतीय भएको उक्त प्रतियोगितामा ग्रिन तारा चाइल्ड हेभेन र होलि एन्जल्स स्कुलले सान्त्वना (प्रोत्साहन) पुरस्कार  प्राप्त गर्न सफल भयो ।

प्रतियोगितामा उत्कृष्ट नृत्य निर्देशन प्रज्ञा सदन स्कुलले प्राप्त गर्यो भने  उत्कृष्ट भेषभुषाको उपाधी लिम्पिया नेसनल  स्कुलले प्राप्त गरेको छ ।प्रतियोगितामा प्रथम दितीय तृतीय हुनेले  नगद पुरस्कार क्रमश २० हजार ,१५ हजार र दश हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने सान्त्वना( प्रोत्साहन)  सहित उत्कृष्ट हुने बिद्यालयले ट्रफी प्रमाण पत्र प्राप्त गरेका छन ।

त्यसैगरि कार्यक्रममा इसानका पुर्व अध्यक्ष राजकुमार श्रेष्ठ र अधिकारकर्मीतथा समाजसेवी तेज प्रसाद तिम्सिनालाइ प्रमुख अतिथि  नेपाल सरकारका शिक्षा, बिज्ञान, तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले बिशेष सम्मान गरेका थिए।  कार्यक्रममा ४ जीपीए सहित उत्कृष्ट  ग्रेड ल्याउने बिभिन्न बिध्यालयका बिद्यार्थी  र उत्कृष्ट ग्रेड ल्याउन सफल  ९ वटा बिषयका बिषय शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

 कार्यक्रममा गत जेठ महिनामा संचालित इसान क्रिष्टिना निबन्ध लेखन प्रतियोगितामा  प्रथम भएकी  हिमशृंखला एकेडेमीकी मेघा अर्याल  दितीय भएकी गोकर्णेश्वर माविका एन्जिला थापा र तृतीय भएकी  टाइमलाइन स्कुलकी  साइमा शेर्पा(रुपा)  लाइ नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा एन प्याब्सन केन्द्रीय सह अध्यक्ष सुवास न्यौपाने, सम्मानितहरुको तर्फ बाट इसानका निवर्तमान अध्यक्ष, इसान पूर्व अध्यक्ष परिषद्का संयोजक तथा होली एन्जेल्स पव्लिक स्कुल र कलेजका प्रिन्सिपल राजकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका शिक्षा, बिज्ञान, तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले एस ई ई परिक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई सम्मान गर्न पाउदा खुसि लागेको बताउदै  बधाई दिदै उनीहरुको उज्ववल भविष्यको कामना गरेका थिए ।

उनले देशको सक्षम नागरिक बन्न समेत उनले प्रेरित गरेका थिए । उनले  देशमा जनशक्ति अभाब रहेको बताउदै दक्ष जनशक्ति उत्पादन गर्न बिद्यालय र शिक्षक शिक्षिकाको  महत्वपुर्ण भूमिका हुने हुँदा दक्ष जनशक्ति उत्पादन गर्नु पर्नेमा जोड दिएका थिए।  अध्यक्षताको आसन बाट बोल्दै संस्थागत बिद्यालय संघ नेपाल इसानका बरिष्ठ उपाध्यक्ष तथा हालका कार्यवाहक अध्यक्ष मदनराज रेग्मीले उपस्थित सबैलाई धन्यवाद दिदै  आगामी दिनमा पनि इसानले बिद्यार्थीहरुको सर्वांङगीण बिकासका लागि बिभिन्न कार्यक्रम गर्दै जाने बताए ।

तपाइँको प्रतिक्रिया ।