ओखलढुंगा प्रदेस क्षेत्र नं २ मा नानीबाबु बुढाथोकी र ज्ञान बहादुर खड्का (जीबी ) सिफारिस
कपन अनलाइन
काठमाण्डौ , भाद्र २२।
ओखलढुंगा जिल्लाको प्रदेस सभा क्षेत्र २ मा नेकपा एमालेका दुई नेताको नाम सिफारिस गरिएको छ। नेकपा एमाले ओखलढुंगा जिल्लाको बैठकले मंगसिर ४ गते हुने प्रदेस सभा निर्वाचनका लागि दुई नेताको नाम सिफारिस गरेको हो।
सो बैठकले नेकपा एमाले प्रदेस नं १ कमिटीका सदस्य नानी बाबु बुढाथोकी र ज्ञान बहादुर खड्का (जीबी ) को नाम प्रदेस सभा सदस्य उम्मेदवारमा सिफारिस गएको हो।
बुढाथोकी २०७० सालको संविधान सभाको निर्वाचनमा ओखलढुंगा क्षेत्र नं २ को उम्मेदवार रहेका थिए भने खड्का २०७४ सालको स्थानीय तहको निर्वाचमा सुनकोशी गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार रहेका थिए।
त्यस्तैनेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीको कार्यालयमा बसेको बैठकले प्रतिनिधि सभा सदस्यका लागि तिन जनाको नाम सिफारिस गरेको छ ।
नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका अध्यक्ष शंकर बहादुर कटवालको अध्यक्षता बसेको बैठकले प्रतिनिधि सभा सदस्य पदका लागि किशोर अधिकारी ,यज्ञराज सुनुवार र अम्बिर बाबु गुरुङको नाम सिफारिस गरेको छ ।