गोकर्णेश्वरको तारेभिरमा रोपियो लालीगुराँसका बिरुवा

गोकर्णेश्वरको तारेभिरमा रोपियो लालीगुराँसका बिरुवा

कपन अनलाइन

काठमाडौँ, भाद्र २० । गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभीरमा लालीगुराँसका बोट बिरुवा रोपण गरिएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा   तारेभिरमा लालीगुराँस डाँडा निर्माण गर्ने उदेश्यका साथ करिब  ५०० वटा लालीगुराँस शनिबार  रोपिएको हो  ।

सुन्ताखान युवा क्लबको संयोजन तथा व्यवस्थापनमा लालीगुराँसका बोट बिरुवा रोप्नुको साथै सो बिरुवा संरक्षणका लागि तारजाली समेत हालिएको छ ।  उक्त कार्यमा  गोकर्णेश्वर नगरपालिकाका प्रमुख  दीपक कुमार  रिसाल, उपप्रमुख  सान्नानी लामा, वडा अध्यक्ष मुरारी प्रसाद कुईकेल, पूर्व वडा अध्यक्ष राजेन्द्र भण्डारी पूर्व वडा सदस्य लक्ष्मण लामा गोले लगायत वडा सदस्यहरुको साथै स्थानीयको सहभागिता रहेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख दिपक कुमार रिसालले  तारेभीरलाई उपत्यकाको पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सो  अभियानले सहयोग पुर्याउने  बिश्वास ब्यक्त गर्दै रोपिएको बिरुवा संरक्षणको लागि स्थानीयलाई अनुरोध समेत गरेका थिए ।  उनले  खाली जग्गाहरु   सौन्दर्यकरणका लागि पनि लालीगुरासका बिरुवा  लगाउने योजना रहेको बताएका थिए । उनले खाली रहेको डाडाँहरु मा लालीगुरास रोप्न तथा संरक्षण गर्न सके सौन्दर्यकरण सगै राष्ट्रिय फुलको महत्व बढ्ने बताएका थिए ।

त्यसैगरि नगर उप प्रमुख सान्नानी लामाले  पर्यटकीय क्षेत्र तारेभिरको बिकासमा नगरपालिकाको सहयोग रहने जानकारी गराएकी थिइन ।  उक्त कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल विष्टले लालीगुराँसले सो क्षेत्रको पहिचान बढाउन र स्थानीयको आय आर्जन बृद्दिमा समेत  सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका छन ।

तपाइँको प्रतिक्रिया ।