संस्थागत बिद्यालय संघ नेपाल इसानले एस ई ई सम्मान तथा अन्तर बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गर्दै
कपन अनलाइन
काठमाडौं ,भाद्र २०। संस्थागत बिद्यालय संघ नेपाल इसानले एस ई ई सम्मान तथा अन्तर बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। संस्थागत बिध्यालयहरुको हकहितको संरक्षण, संस्थागत विकास तथा बिद्यार्थीहरुको सर्वांङगीण बिकासका लागि सामुहिक प्रयत्न गर्ने उदेश्य सहित बिक्रम संवत २०६३ सालमा गठन भई २०६५ सालमा विधिवत रुपमा दर्ता गरि संचालनमा आएको संस्थागत बिद्यालय संघ नेपाल इसानले बिद्यार्थीहरुको चौतर्फी विकास होस् भन्ने आशय राखी समय समयमा बिभिन्न क्रियाकलापहरु गर्दै आएको संस्थागत बिद्यालय संघ नेपाल इसानका कार्यवाहक अध्यक्ष मदनराज रेग्मीले पत्रकार सम्मलेनमा जानकारी गराए ।
उनले सोहि क्रममा २०७९ साल भाद्र २२ गते २०७८ सालको एस ई ई परिक्षामा सम्मिलित बिद्यार्थीहरु मध्ये उत्कृष्ट ग्रेड हासिल गर्ने बिद्यार्थीहरुलाई हौसला दिन एस ई ई सम्मान र नेपाली मौलिक लोक- संस्कृतिको सम्बदर्धनका लागि उपत्यका ब्यापी अन्तर बिध्यालय स्तरीय लोक नृत्य प्रतियोगिता तथा गत जेठ महिनामा संचालित इसान क्रिष्टिना निबन्ध लेखन प्रतियोगिताको पुरस्कार समेत वितरण गरिने कार्यवाहक अध्यक्ष रेग्मीले जानकारी गराए ।
नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा बिहान १० बजे देखि शुरु हुने उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकारका शिक्षा, बिज्ञान, तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेल रहने जानकारी दिदै बिशिष्ट अतिथिको रुपमा गोकर्णेश्वर, कागेश्वरी मनोहरा र बुढानिलकण्ठ नगरपालिकाका प्रमुखहरु शिक्षाविद साहित्यकार प्याब्सन एन प्याब्सनका पदाधिकारी सहित बिभिन्न कार्यलयका प्रमुखहरुको उपस्थिति रहने सो कार्यक्रमको अन्तर बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा प्रथम, दितीय, तृतीय र दुइ प्रोत्साहन पुरस्कारको साथै उत्कृष्ट भेषभुषा र उत्कृष्ट नृत्य निर्देशकहरुलाई पनि नगद सहितका पुरस्कार प्रदान गरिने जानकारी गराएका छन ।
त्यसै गरि एस ई ई सम्मान कार्यक्रममा ४ जीपीए सहित उत्कृष्ट ग्रेड ल्याउने बिभिन्न बिध्यालयका ५२ जना बिद्यार्थी र उत्कृष्ट ग्रेड ल्याउन सफल ९ वटा बिषयका बिषय शिक्षक तथा तीन वटा बिध्यालयलाइ पुरस्कृत गरिने भएको छ ।त्यस्तै गत जेठ महिनामा संचालित इसान क्रिष्टिना निबन्ध लेखन प्रतियोगितामा तीन जनाले मेडल प्रमाण पत्र र नगद पुरस्कार समेत प्राप्त गर्नेछन उक्त कार्यक्रममा ५० वटा बिध्यालयका बिद्यार्थीहरुले सहभागिता जनाउने पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो। संस्थागत बिद्यालय संघ नेपाल इसानका महासचिव गणेश प्रसाद खतिवडाले संचालन गरेको सो पत्रकार सम्मेलनमा संस्थागत बिद्यालय संघ नेपाल इसानका पुर्व अध्यक्ष बालमुकुन्द कार्की राजकुमार श्रेष्ठ, हालका उपाध्यक्ष साधना खतिवडा, कुमार अधिकारी, लगायत इसानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।