रिम्स द्वारा आयोजित आशु कविता लेखन तथा वाचन प्रतियोगितामा भेषराज सापकोटा प्रथम
कपन अनलाइन
काठमाडौं भाद्र ११ । युवाकवि मोतीराम भट्टको १ सय ५३ औं जयन्तीको अवसरमा रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स)ले आयोजना गरेको आशु कविता लेखन प्रशिक्षण, कविता लेखन तथा वाचन प्रतियोगितामा ग्रिनतारा चाइल्ड हेभन इंगलिस स्कुलका भेषराज सापकोटा प्रथम भएका छन् । शुक्रबार गोकर्णेश्वर नगरपालिका–८, जोरपाटीस्थित विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा २५ वटा विद्यालयका २८ जना छात्रछात्राबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा भेषराज सापकोटाको ‘मेरो कर्तब्य’ कविता प्रथम, रिपुमर्दनी सैनिक महाबिध्यालयका सुतृष्ण पौडेलको ‘गुरु’ शिर्षकको कविता दितीय र विपुल शिक्षा निकेतनका छात्रा दुर्गा खतिवडाको ‘राष्ट्रप्रति मेरो गौरब’ कविता तेस्रो भएको थियो ।
प्रतियोगितामा अल्माइटी आइडीयल मोडेल स्कुलका कृजन सापकोटा ,बाल संसार स्कुलकी रिस्ता बोगटी र पिक पोइन्ट एकेडमीकी दिया घिमिरेले सान्त्वना( प्रोत्साहन) पुरस्कार पाएकी थिइन। त्यसै गरि आयोजक बिद्यालय रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स) का विद्यार्थीबीच भएको आन्तरिक प्रतियोगितामा महिमा गुरागाईको कविता पुरस्कृत भयो।
प्रतियोगितामा प्रथम दितीय , तृतीय सहित सान्त्वना स्वरूप नगद रु ५ हजार, ३५ सय, २५ सय र एक एक हजार सहित प्रमाण पत्र वितरण गरिएको थियो ।
नेपाली छन्द कविताका प्रमुख प्रवर्तक प्राध्यापक डाक्टर राम प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकारद्वय चेतनाथ धमला र देबु लुइँटेलले प्रशिक्षक तथा निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झविन्द्रकुमार सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिध्यालयका भाइस प्रिस्निपल धर्मेन्द्र कुमार चौधरीले स्वागत मन्तब्य राखेको कार्यक्रममा कवी सूर्य चापागाईंले मोतीराम भट्टद्वारा रचित गजल प्रस्तुत गरेका ।
कार्यक्रममा इसानका पुर्व अध्यक्ष राजकुमार श्रेष्ठ एन प्याब्सन नगर अध्यक्ष मोहन अधिकारी इसानका गणेश खतिवडा, इसान तथा लिम्पिया स्कुलका मदन रेग्मी रिम्सका भुपाल कडरिया साहित्यकार परशुराम पराजुली (पराशर) लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रमका प्रमुख अतिथि नेपाली छन्द कविताका प्रमुख प्रवर्तक प्राध्यापक डाक्टर राम प्रसाद ज्ञवालीलेविद्यार्थीहरूलाई निरन्तर साधना र अनुशासनमा ध्यान दिन आग्रह गरेका थिए ।उनले बिद्यार्थीहरुलाई औसत हुनु भन्दा फरक काम गरेर उत्कृष्ट हुनअनुरोध गरेका थिए ।
रिम्सका प्रिन्सिपल बालमुकुन्द कार्कीले हारिन्छ कि जितिन्छ भन्दा पनि सिकिन्छ भन्ने उद्देश्यले सहभागी हुनुपर्ने र पुरस्कारभन्दा सिकाइ ठूलो हुने उल्लेख गरे । रिम्सले मोती जयन्तीको अवसरमा विगत १४ वर्षदेखि निरन्तर गर्दै आएको भए पनि अघिल्लो दुइ बर्ष कोरोनाको कारण स्थगित गरिएको र आगामी बर्षहरुमा पनि निरन्तरता दिने उनले बताए।
साहित्यकारहरु, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा सञ्चालकहरुको सहभागिता रहेको कार्यक्रममा विभिन्न स्रष्टाले आआफ्ना सिर्जना प्रस्तुत गरेका थिए। कार्यक्रम संचालन शिक्षिका प्रजिता निराैलाले गरेको कार्यक्रममा रिम्सका बिद्यार्थीहरुले स्वागत गीत मार्फत मनोरंजन प्रदान गरेका थिए ।