रैथाने “सिन्डिकेट” विरुद्ध जगत निरौलाको शशक्त प्रहार …….
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ११।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष जगत प्रसाद निरौलाले मंगसिर ४ गते हुने प्रदेस सभाको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा उम्मेद्वारी दावी गर्ने घोषणा गरेका छन।
भाद्र १० गते सुक्रवार संचारकर्मीहरु संगको भेटघाटमा उम्मेद्वारी दावीका मुद्दा र विषयहरु प्रस्तुत गर्दै अध्यक्ष निरौलाले तीसौ वर्ष देखि विभिन्न लाभका पदमा बसेका पुस्तालाई सम्मानपुर्वक अन्य जिम्मेवारी दिएर नयाँ र युवा पुस्ताको नेतृत्वका लागि अभियान सुरु गर्ने जानकारी दिएका छन।
बुढानिलकण्ठ नगरपालिकाका ८ वटा रहेको काठमाण्डौ क्षेत्र नं ४ (२) को विकासका लागि पर्यटन र पूर्वाधार विकासका दर्जनौ महत्वपूर्ण मुद्दाहरु सहित नेकपा एमालेमा प्रदेस सभा सदस्यमा दावी गरेका एक मात्र शाखा कमिटी अध्यक्ष निरौलाले संचारकर्मीहरु माझ बुढानिलकण्ठले सुनेको ,जानेको,मानेको र बुझेको अर्को महत्वपूर्ण मुद्दा पनि उठाएका छन।
बुढानिलकण्ठमा लामो समय देखि पद,जिम्मेवारी र अवसरमा रहेको रैथाने “सिन्डिकेट” अन्त्यका लागि आफुले उम्मेद्वारी दावी गरेको बताउदै उनले खोला वारीपारी र नयाँ पुरानो भन्ने राजनीतिक रोगको उपचारका लागि पहल सुरु गरेको जानकारी दिएका छन।
आसन्न प्रदेस सभा निर्वाचनमा उम्मेद्वारी दावीका विषय लिएर नेकपा एमालेमा चलिरहेको “नगर प्रमुख पाएपछी कपनले अर्को पाउनुहुदैन” भन्ने चर्चालाई अस्विकार गर्दै अध्यक्ष निरौलाले कपन क्षेत्र शशक्त दावेदार रहेको दावी गरेका छन।
काठमाण्डौ क्षेत्र नं ४ (२) मा सबैभन्दा बढी मतदाता रहेको वडा नं १० मा नेकपा एमालेको प्यानलनै जिताउन प्रभावशाली भूमिका निर्वाह गरेका अध्यक्ष निरौलाले भुसको आगो झैँ रहेको ” काँठे/ पाखे” बहसलाई राजनीतिक मुद्दाका रुपमा ल्याएका छन। उनले केहि बौद्धिक वृतमा सामान्य चिया चर्चा भएपनि कसैले पनि औपचारिक बहस गर्न नचाहेको संवेदनशील मुद्दा उठाएका छन।
हरेक निर्वाचनमा सतह मुनि भित माग्ने दरिलो अस्त्रका रुपमा रहेको नयाँ /पुरानो भन्ने प्रवृति ,शैली र अभ्यास हुदै आएको छ। स्थानिय तहको निर्वाचन २०७९ मा बुढानिलकण्ठका १३ वडा मध्ये ११ वटा वडामा रैथाने उम्मेदवार र दुई वडामा नेकपा एमालेका स्थानीय उम्मेदवार रहेका थिए।
साविकका ६ वटा गाविसहरु रहेको बुढानिलकण्ठ नगरपालिकाका १३ मध्ये १ वडामा मात्र नेपाली कांग्रेसका स्थानीय वडा अध्यक्ष उम्मेदवार रहेका थिए।
रैथाने,स्थानीय र आप्रवासी मुद्दा प्रभावशाली र सजीलो अश्त्र रहेकोले २०४९ देखि २०७९ सम्म एकै पुस्ता र समुदायले स्थानीय संसदीय राजनीतिमा हाली मुहाली गरिरहेको बुढानिलकण्ठमा निरौलाको मुद्दा र अभियानले यस पटकको चुनावी चर्चा र छलफलमा पनि प्रभाव पार्ने देखिएको छ।
बुढानिलकण्ठ नगरपालिका र काठमाण्डौ क्षेत्र नं ४ (२) को मत र जनशंख्या दुबैमा प्रभावशाली बहुमतमा रहेको स्थानीय ( विभिन्न जिल्लाबाट आएर यस क्षेत्रमा लामो समय देखि बसोवास र कर्मथलो बनाएका) समुदायको नेतृत्व हुनुपर्ने मुद्दा लिएर नेकपा एमाले उम्मेदवार दावीको दौडमा रहेका निरौलाले उठाएको विषयलाई राजनीतिक दलका नेतृत्वहरुले सहज बहस गरेर परिस्थितिलाई प्रियकर बनाउने भूमिका खेल्नुपर्ने देखिन्छ।
रैथाने र स्थानीय विच देखिएको मनोविज्ञान र अवसरको खाडल पुर्ने पहलका लागि भन्दै उम्मेद्वारी दावी गर्ने घोषणा गरेका निरौला खोटाङ जिल्लाबाट आएर बुढानिलकण्ठ नगरपालिका वडा नं १० का राजनीतिक र सामाजिक अभियानमा सक्रिय रहेका छन।