७५ वर्ष नाघेका १३ अग्रज महिलाहरुलाई एकल महिला समूहको अभिनन्दन

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ७।

मानव अधिकारको लागि महिला एकल महिला समूहले ७५ वर्ष नाघेकाका अग्रज महिलाहरुलाई सम्मान तथा अभिनन्दन कार्यक्रम गरेको छ ।समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने १३ जना अग्रजहरुलाई महिला समूहले सम्मान गरेको हो ।

भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको उक्त सम्मान कार्यक्रममा अम्बिका श्रेष्ठ ,अस्ट लक्ष्मी शाक्य ,चाँदनी जोशी ,तुला राणा ,दुर्गा घिमिरे ,भद्रा कुमारी घले ,मिना आचार्य ,लक्ष्मी केशरी मानन्धर ,विजया श्रेष्ठ ,शारदा पोखरेल ,शान्ता मानवी ,सावित्री अर्याल र सावित्री थापालाई अभिनन्दन गरिएको थियो।

कार्यक्रमलाई सम्बोदन गर्दे मन्त्री शशी श्रेष्ठले महिलाहरुले गरेका हरेक योगदानको उच्च कदर हुनुपर्ने भन्दै पुरुषको मात्र नभएर महिलाहरुले गरेका हरेक योगदन र त्यागको विश्लेषण गर्दे इतिहास लेखिनुपर्ने बताएकी थिइन् ।

उनले भनिन्, ‘अहिले सम्म जतिपनि इतिहास सार्वजनिक छन् त्यो हिज स्टोरी हो । अब हर स्टोरी हुनुपर्छ अनिमात्र महिलाहरुले गरेका योगदनको कदर हुन्छ ।’

कार्यक्रममा एकल महिला समुहकी संस्थापक अध्यक्ष लिलि थापाले महिलाहरुले गरेका योगदान ओझेलमा परेको भन्दै आगामी इतिहासको सुरुवात जिँउदा अग्रजबाट सुरु भइसकेको बताइन् ।

विगत तीन दशकदेखी मानव अधिकारका लागि लड्दै आएको यस एकल महिला समूहले महिलाहरुको क्षेत्रमा विभिन्न काम गर्दे आइरहेको छ । समाजमा रहेका एकल महिलाहरुको उद्धार गरी साहारा दिँदै आइरहेको यस समूहले महिलाहरुलाई उद्यमशिल समेत बनाएको छ ।

त्यसैगरी कार्यक्रममा सम्मानित भएकी समाजसेवी तथा साहित्यकार भद्राकुमारी घलेले राजनीतिक, सामाजिक, आर्थिक लागायत विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने अग्रज महिलाहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गरिन् ।

तपाइँको प्रतिक्रिया ।