ईष्टपोल इन्टरनेशनल कलेजमा कक्षा ११का बिद्यार्थीहरुलाई अभिमुखीकरण

ईष्टपोल इन्टरनेशनल कलेजमा कक्षा ११का बिद्यार्थीहरुलाई अभिमुखीकरण

कपन अनलाइन

काठमाडौँ, भाद्र ६ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटी नारायणटार मा संचालित ईष्टपोल इन्टरनेशनल कलेजले कक्षा ११मा नया भर्ना भएका बिद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। आइतबार ईष्ट पोल  इन्टरनेशनल कलेजको सभाहलमा इन्टरनेशनल कलेजका संस्थापक अध्यक्ष इश्वर प्रसाद सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कलेजका उपाध्यक्ष प्रमोद फुयाल,एकेडेमिक डायरेक्टर श्याम रुपाखेती,प्रोग्राम  डायरेक्टर कुशल थापा,प्रिन्सिपल राजेश राइ, भाइस प्रिन्सिपल उमेश भण्डारी लगायत बिषयगत शिक्षक र बिद्यार्थीहरुको उपस्थिति रहेको  थियो ।

गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको  ईष्ट पोल इन्टरनेसनल कलेजको  कक्षा ११मा  विज्ञान  र व्यवस्थापन बिषयमा भर्ना भएका बिद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको हो  ।राष्ट्रिय गान र पानसमा दिप प्रज्वलन गरि उद्घाटन संगै शुरु भएको उक्त कार्यक्रममा कलेजका एकेडेमिक डायरेक्टर श्याम रुपाखेतीले स्वागत मन्तब्य राखेका थिए भने कलेजका प्रिन्सिपल राजेश राइले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै कक्षा ११मा बिज्ञान र व्यवस्थापन संकायमा नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गरेका थिए।

उनले उच्च शिक्षा हासिल गर्ने सपना बोकेर विद्यालयमा आएका विद्यार्थीहरु अनुशासित भएर पढ्नुपर्ने बताए । उनले विद्यार्थीहरुलाई पढाइमा ध्यान दिन आग्रह गरेका थिए  ।  ईष्ट पोलमा पढेका विद्यार्थीहरु विभिन्न महत्वपूर्ण क्षेत्रमा पुगेको  स्मरण गराउदै विद्यार्थीहरुलाई कुनै समस्या भए जानकारी गराउन आग्रह गरेका  थिए । विद्यार्थीहरुले कुनै कुरा नबुझे निर्धक्कसँग प्राध्यापक तथा शिक्षकशिक्षिकासँग सोध्न अनुरोध गर्दै  कलेजमा दक्ष तथा अनुभवी शिक्षक शिक्षिका  भएको जानकारी गराएका थिए ।

भयरहित वातावरणमा विद्यार्थीहरूले पठनपाठन गर्न सक्ने सुविधा सम्पन्न भौतिक संरचना रहेको ईष्ट पोल कलेजले  गुणस्तरीय शिक्षासँगै संस्कार सहितको सीपमूलक शिक्षालाइ प्राथमिकतामा राखेको  जानकारी गराएका थिए। अभिमुखिकरण कार्यक्रममा संकायका प्रमुखहरुले विषयको जानकारी, भविष्यका सम्भावना र शैक्षिक गन्तव्यका विषयमा प्रस्तुतीकरण गरेका थिए ।  कार्यक्रममा ईष्ट पोल कलेजको कक्षा १२ मा अध्ययनरत बिद्यार्थी बिजय खत्री , कलेजका उपाध्यक्ष प्रमोद फुयाल लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रममा बिद्यार्थीहरुले गीत नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै कलेजका  प्रोग्राम  डायरेक्टर कुशल थापाले नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गर्दै कलेजले सधै अब्बल बन्न प्रेरित गराउने वातावरण सिर्जना गर्ने तथा विद्यार्थीहरुको शैक्षिक संगै अतिरिक्त क्रियाकलपमा समेत ध्यानमा राख्दै गुणस्तरीय शिक्षामा कलेजले  जोड दिने उनको भनाइ रहेको थियो । उनले प्लस टु पढ्ने उमेर अति संवेदनशील हुने भन्दै यो उमेरमा विद्यार्थीले अपनाउनुपर्ने सजगताका बारेमा समेत  सचेत गराएका थिए  ।

कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष इश्वर प्रसाद सापकोटाले उपस्थित सबैलाई धन्यवाद दिदै बिद्यार्थीहरुलाई मिहेनत गरेर अनुशासित भएर अध्ययन गर्न अनुरोध गरेका थिए ।जीवनमा सफल मात्रै नभई असल बन्न सके मात्रै इतिहासमा नाम रहने भन्दै उनले त्यसका लागि विद्यार्थीको चौतर्फी विकास हुनुपर्ने र   ईष्ट पोल को  उदेश्य  पनि त्यहि भएको बताए ।

तपाइँको प्रतिक्रिया ।