देवदहमा पनि प्रदिप सरको नौलो अभ्यास निरन्तर,रास्ट्रिय गान सहित कर्मचारीहरुको “एसेम्बली”
कपन अनलाइन
काठमाण्डौ,भाद्र १।
देवदह नगरपालिकामा भखरै सरुवा भएर पुगेका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले तिलोत्तमा नगरपालिकामा गरिएको नौलो अभ्यासलाई निरन्तरता दिएका छन ।
बुढानिलकण्ठ ,टोखा नगरपालिका हुदै तिलोत्तमा नगरपालिका पुगेका पौडेलले त्यहाँ भएको अभ्यासलाई देवदह नगरपालिकामा पनि निरन्तरता दिएका छन्।
काभ्रेपलान्चोकको पनौती नगरपालिकाबाट देवदह नगरपालिका पुगेका उनले त्यहा कर्मचारीहरू १० बज्नु अघिनै कार्यालय पुग्नुपर्ने र विद्यालयमा विद्यार्थीले प्रार्थना गरेझैं कर्मचारीहरूले पनि राष्ट्रियगान सहित प्रार्थना गर्नुपर्ने नियमको सुरुवात गरेका छन।
यस अभ्यासले कुनै पनि कर्मचारीलाइ समयमै आउनु भनेर भन्नू नपर्ने र कर्मचारीको अनुशासन पनि झल्किने बताउदै प्रमुख प्रशासकीय अधिकृत पौडेलले पोसाक बिना आएमा लाइनमा बस्न स्वयम् कर्मचारी लज्जित हुनुपर्ने अवस्था सृजना हुँदा सबै कर्मचारी पोसाकमा उपस्थित भएर बिहान दश बजे राष्ट्रिय गानमा सरिक भएर मात्रै कर्मचारी कार्यकक्षमा प्रवेश निर्देशन दिएको जानकारी दिएका छन।
फोटो सौजन्य :सेतोमसी डट कम