Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/08/299661594_430222099125138_4952490439306331730_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/08/299600964_430222265791788_7287735000290136575_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/08/299649046_430222889125059_582798978679224848_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

व्यवहारिक र सैद्धान्तिक शिक्षा प्रदान गर्न भेनस नेसनल कलेज अब्बल छ : कृष्ण गौतम (क्याम्पस प्रमुख )

कपन अनलाइन

काठमाडौं, साउन ३० । काठमाण्डौ उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसिगाउँमा  संचालित भेनस नेसनल कलेजले अभिमुखीकरण र क्यारियर काउन्सेलिङ  सम्पन्न गरेको छ । आज भेनस कलेजको मार्शल हलमा आयोजित उक्त कार्यक्रममा भेनस नेसनल कलेजमा कक्षा ११ मा नया भर्ना भएका बिद्यार्थीहरुलाई अभिमुखीकरण र क्यारियर काउन्सेलिङ गरेको हो । भेनस नेसनल कलेजको संस्थापक अध्यक्ष पेमा छिरी शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपालका चर्चित कलाकार पुष्प खड्का, चर्चित गायक एबम भेनस नेसनल कलेजका ब्रान्ड एम्बेसडर थानेश्वर गौतम, लगायतको बिशेष आतिथ्यमा रहेको थियो। कार्यक्रममा भेनस नेसनल कलेजका प्रिन्सिपल नेत्र प्रसाद दाहालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए ।

 एस ई ई उत्तीर्ण विद्यार्थीलाई स्कुल तथा कलेज र विषय समूह छनोट गर्न सजिलो होस् भन्ने उद्देश्यले विद्यार्थी तथा अभिभावकहरुलाई उचित परामर्श प्रदान गर्दै आएको भेनस नेसनल कलेजले नयाँ भर्ना भएका बिद्यार्थीहरुलाई लक्षित गरि अभिमुखीकरण र क्यारियर काउन्सेलिङ कार्यक्रम आयोजना गरेको बताए ।

कार्यक्रममा एन प्याब्सन गोकर्णेश्वर नगर अध्यक्ष  एबम कलेजका डायरेक्टर मोहन अधिकारीले शुभकामना मन्तब्य राखेको कार्यक्रममा भेनस नेसनल कलेज प्रमुख कृष्ण गौतमले नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गर्दै  कलेजमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कलेजको नियमको बारेमा जानकारी गराएका थिए । उनले  अब्बल जन शक्ति उत्पादन गर्न भेनस नेसनल कलेज प्रतिबद्द रहेको जानकारी गराउदै भेनस नेसनल कलेजले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई अहिलेको प्रतिस्पर्धात्मक युगमा विश्वका जुनसुकै ठाउँमा पनि आफुलाई स्थापित गराउन  विद्यार्थीको चौतर्फी विकासलाइ ध्यानमा राखी अतिरिक्त क्रियाकलापलाइ पनि प्राथमिकतामा राखेको बताए ।

भेनसले असल संस्कार सहितको शिपमुलक व्यावहारिक शिक्षालाइ आत्मसाथ गरि सोहि अनुरुप अघि बढिरहेको जानकारी गराउदै सर्व सुलभ र गुणस्तरीय शिक्षाका लागि  प्रतिबद्द रहेको बताए । भेनस नेसनल कलेजको कक्षा ११मा हाल विज्ञान, सहित व्यवस्थापन, शिक्षा,मानविकी र कानुन बिषयको पढाइ हुदै आएको छ  भने खेलकुदको लागि फुटबलमा केन्याका फुटबलर बबी ओगोला ओडनगो फुटबलको प्रशिक्षण समेत दिदै आएको  जानकारी गराए ।

 व्यवहारिक र सैद्धान्तिक शिक्षा प्रदान गर्न भेनस अब्बल  रहेको समेत उनले बताए विद्यार्थीलाई क्रिएटिभ बनाउने र उनीहरू रुचिको विषयमा केन्द्रित गराउने कार्यक्रमहरु भेनसले  सञ्चालन गर्दै आएको जानकारी दिदै पठनपाठनका साथै अतिरिक्त तालिमहरू समेत प्रदान गर्ने भए पछि विद्यार्थीहरूका आकर्षण समेत भेनसमा  बढ्दै गएको  उनले बताए ।

कार्यक्रममा नेपालका चर्चित कलाकार पुष्प खड्काले आफुले भोगेका संघर्ष र शिक्षाको महत्वको बिषयमा प्रेरक भनाइ सहित आफ्नो प्रस्तुती राखेका थिए भने चर्चित गायक एबम भेनस नेसनल कलेजका ब्रान्ड एम्बेसडर थानेश्वर गौतमले सांगीतिक प्रस्तुति मार्फत मनोरंजन प्रदान गरेका थिए ।अध्यक्षताको आसन बाट बोल्दै भेनस नेसल कलेजका अध्यक्ष पेमा छिरी शेर्पाले उपस्थित सबैलाई धन्यबाद दिदै भेनसले  विद्यार्थीको वृद्धि विकासमा कुनै कसर बाँकी नराखी  हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिएको बताएका  थिए ।

तपाइँको प्रतिक्रिया ।