बालाजु बाइपासको एक जुत्ता कारखानामा आगलागी

बालाजु बाइपासको एक जुत्ता कारखानामा आगलागी

कपन अनलाइन

काठमाडौँ, साउन २५। बालाजु बाइपासको एक जुत्ता कारखानामा आगलागी भएको छ ।वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो । आगलागीबाट नजिकका घरहरू जोखिममा छन् । आगलागी नियन्त्रणका लागि प्रहरी टोली परिचालन  भएको छ भने  आगलागी नियन्त्रणका लागि नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी रहेको  छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

 

तपाइँको प्रतिक्रिया ।