शिप विकास महिला समुह बुढानिलकण्ठ-१० को आयोजनामा तिन महिने सिलाई कटाई तालिम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,साउन १४।

शिप विकास महिला समुह बुढानिलकण्ठ-१० को आयोजनामा  तिन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ।

लामो समयदेखी शिप विकासका लागि सक्रिय रहेको शिप विकास महिला समुहले स्वरोजगार सिलाइ प्रशिक्षण केन्द्रमा आयोजना गरेको तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यता र शिप विकास महिला समुहकी अध्यक्ष अनिता उप्रेतीको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा वडा नं १० की सदस्य दिल कुमारी बिक ,नगरपालिकाकी पुर्व सल्लाहकार विन्दा गौतम सहित विभिन्न महिला समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

तालिमको पहिलो चरणमा आधारभूत तालिम प्रदान गरिएको बताउदै  अध्यक्ष उप्रेतीले महिलाहरुको सिप विकास र स्वरोजगारमा योगदान पुर्याउनका लागि आयोजना गरिएको सो तालिममा बुढानिलकण्ठ नगरपालिकाले सहयोग गरेको जानकारी दिएकी छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० सिद्देश्वर महादेव मन्दिर नजिक रहेको स्वरोजगार केन्द्रमा तालिम निरन्तर संचालन हुने भएकोले सहभागिताका लागि अनुरोध गर्दै अध्यक्ष उप्रेतीले सफल रुपमा तालिम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।