नेपाल मेडिकल कलेज शिक्षण अस्पताल प्रांगणमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं साउन ८ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेज शिक्षण अस्पताल प्रांगणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियनको आयोजनामा साउन ६ गते बिहान १०:३० बजे देखि २:३० बजे सम्म चलेको उक्त रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेको नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष किरण केसीले जानकारी दिदै रक्तदाता सबैलाई धन्यवाद दिएका छन ।
तपाइँको प्रतिक्रिया ।