गोकर्णेश्वर ५ द्वारा जोरपाटी युवा क्लबलाइ आवश्यक फर्निचर तथा व्यायामका उपकरणहरु प्रदान

कपन अनलाइन

काठमाडौं असार २४ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ले जोरपाटी युवा क्लबलाइ  आवश्यक फर्निचर तथा व्यायामका उपकरणहरु प्रदान गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ले वडा स्तरीय बजेट बाट  खरिद गरिएको फर्निचर तथा व्यायामका उपकरणहरु जोरपाटी युवा  क्लबलाइ सोमबार एक कार्यक्रमका बीच वडा अध्यक्ष नारायण बहादुर सुवेदी वडा सदस्य श्रीबहादुर योगी लगायतको उपस्थितिमा क्लबलाइ हस्तान्तरण गरिएको हो ।

आवश्यक सामग्री उपलब्ध गराएकोमा जोरपाटी युवा क्लबले वडा परिवारलाइ धन्यवाद व्यक्त गरेको छ ।  सामान हस्तान्तरण गर्दै वडा अध्यक्ष नारायण बहादुर सुवेदीले स्वस्थ रहनका लागि शारिरिक ब्यायाम अपरिहार्य रहेकोमा जोड दिदै  प्रदान गरिएको फर्निचर र  व्यायाम सामग्रीको संरक्षण र  उचित व्यवस्थापन गर्न अनुरोध गरेका थिए वडाबासीलाइ   कसरी निरोगी बनाउन सकिन्छ भन्नेमा बिभिन्न प्रयास गरिरहेको बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।