शान्ति : मोहम्मद शमसुल हकबाब (बंगलादेश)
कपन अनलाइन
काठमाण्डौ ,असार ४ ।
हामी मानिस हौँ
हामी खाना होइनौं,
हामी मासु र माछा होइनौं–
हामी शान्ति चाहन्छौं ।
म स्वदेश विदेश सबैतिर शान्ति चाहन्छु
मानव शरीरको शान्ति
विचारको स्वतन्त्रता
म पशु सुरक्षा चाहन्छु,
म मनको शान्ति चाहन्छु ।
मान्यौ भने संसारका जनता एउटै राष्ट्रका हुन्,
म कुनै भेदभाव चाहन्न
मलाई रक्तपात चाहिदैन,
म लडाई झगडा चाहन्न –
म युद्ध चाहन्न ।
विनाशचाहिदैन
म शान्तिका लागि कविता लेख्छु
म शान्तिको कुरा गर्छु,
म शान्तिको संसार चाहन्छु–
सबैले यो कुरा यादगरुन ।
हामी मानिस हौं;
हामी खाना होइनौं,
हामी मासु र माछा होइनौं–
हामी शान्ति चाहन्छौं ।
(अनुवाद: कमल ढुङ्गाना)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।