मातृत्व : इन्दिरा देवकोटा (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २८।
अगाडि बढेको रेल स्टेशनमा घ्याच्च रोकियो । हामीले ढोकातिर हेर्यौँ । एउटा भारतीय मुसुण्डे चड्यो । म सतर्क भएँ किनभने यात्रामा म र मेरी १२ वर्षकी छोरी मात्र थियौँ । छोरीहरूका बा साथमा नभएर होला, एक प्रकारको त्रास पलायो । मैले नचाहा‘दा नचाहा‘दै पनि छोरीलाई उसको काखमा राख्यो र ऊ मेरो छेवैमा बस्यो । ऊ कुरा गर्ने बहाना खोज्न थाल्यो । घरीघरी के के सोथ्यो । म नबोली बसेँ । मेरो मुटुको धड्कन बढ्न थाल्यो । छोरीलाई उसको काखबाट लिन चाहेँ तर उसले भन्यो,
‘होस् न ! आरामले सुतेकी छे ।’ भन्दै बेस्सरी च्याप्यो । छोरी मामु भनेर रून थाली ।
मेरो मनमा पापका लहरहरू दौडिन थाले । उसले मलाई छोरी दिनै चाहेन । मभित्र एकाएक मातृत्व
जाग्यो । मुटुभरि साहास बटुलेँ ।छोरी आफूतिर तानें तर उसको पञ्जाबाट छुटाउन सकिँन । मेरो गन्तव्य स्थान आयो । झोला बोकेर बच्चाको हात समातें तर उसले छोडेन । मैले खुट्टाको चप्पल निकालेर देखाउँदै गाली गर्दै भने, छाड्छस् कि ठोकौं ?
अनायास उसको हातबाट छोरी फुत्किई । यति बेला मेरो मातृत्वले चरम सीमा नाघिसकेको थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक