बैशाख १२ पछिको पैयाँटार

बैशाख १२ पछिको पैयाँटार

जेठ १६, काठमाडौँ ।

विनाशकारी भुकम्पछि काठमाडौँ बुढानिलकण्ठ नगरपालिका कपनको पुरानो वस्ती पैयाँटारका पुराना घरहरु भत्किएका छन् । कुनै मानवीय क्षति नभएतापनि भौतिक क्षतिले पैयाँटार अहिले क्षतविक्षत छ । त्यहाँका पुराना घरहरु ध्वस्त भए । पैयाँटार अहिले पुराना घरहरुका भग्नावशेषमा परिणत भएको छ ।

11267929_1591307417825115_7840237523822714423_n
भग्नावशेष घरहरु हटाउन पैयाँटार वासीले राज्य कुरेनन् । किनभने भुकम्प गएको एक महिनासम्म पनि न राज्यको कुनै अंग, न कुनै संस्था, न कुनै राजनैतिक पार्टीका मानिसहरु पैयाँटारका भग्नावशेष हटाउन पुगे । त्यसैले पैयाँटारवासी अहिले आफैले करिब ४० प्रतिशत भग्नावशेष हटाईसके ।

10429809_828242120601072_6144775145569177343_n
यस विषयमा कपनअनलाइनले स्थानीय समाजसेवी राजेन्द्र बुढाथोकीसँग जिज्ञासा राख्दा उनले भने पैयाँटारमा अहिलेसम्म भत्केका घरका भग्नावशेष हटाउन कुनैपनि संघ संस्था, राजनैतिक पार्टी, प्रशासन वा कुनै आर्थिक सहयोग भएको छैन । सबै स्थानीय वासिन्दाले आफैले खर्च जुटाएर भग्नावशेष हटाउने कार्य गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।