गोकर्णेश्वर ५ मा जेठ २१ गते शनिबार महिलाहरुको क्यान्सर परिक्षण गरिने
कपन अनलाइन
काठमाडौं, जेठ २० । गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा महिलाहरुको क्यान्सर परिक्षण हुने भएको छ। वडाले सार्वजनिक सुचना जारी गर्दै आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिका बीच सम्पन्न समझदारी अनुसार आम्दा नेपालले जेठ २१ गते शनिबार बिहान ९ बजे देखि दिउसो १ बजे सम्म शहरी स्वास्थ्य केन्द्र गोकर्णेश्वर ५ मा नगर क्षेत्र भित्र बसोबास गर्ने महिलाहरुको स्तन र पाठेघर मुखको क्यान्सर परिक्षण गरिने भएकोले स्वास्थ्य परिक्षण गर्न अनुरोध गरेको छ। थप जानकारीको लागि ०१४९१०२३५ र ९८४१८६३७०६
तपाइँको प्रतिक्रिया ।