मानिस : निर्मलरमण पराजुली (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ७ ।
अचम्मको जन्तु
आजसम्म
यो जन्तुलाई
कसैले राम्ररी
चिन्न सकेन
जस जसले चिने
पछुताईरहेछन
जस्ले चिनेका छैनन
चिन्नखोज्दै छन
अनि
पछुताउने तरखरमा छन
आफुले खोजेको जस्तो
सोचेको जस्तो मानिस
कसैले भेट्टाउन
सकेको छैन
आजसम्म,
मानिस जन्मन्छ
के का लागि
कर्म गर्न या धर्म गर्न
या अरु कुनै ?
कर्म हातले गरिन्छ
बुद्धिले मलजल गर्छ
त
सत्कर्म कहिल्यै गरिदैन
धर्म मनले गरिन्छ
तैपनि
मन्दिरको सिढी चडिन्छ
कुकर्म पखालिन्छ
कर्म अनि धर्म
फरक कुरा हुन
तापनि
यीदुबै
एक अर्काका पुरक हुन
भनिन्छ कर्म नै धर्म हो
धर्म नै जीबन को मर्म हो
यो मर्म्
कतिले बुजे कतिले बुझेनन
तर पनि
चल्दै छ जीबन
एक तमास्
आफ्नै गतिमा
अनि
आ– आफ्नै मतिमा
आउने र जाने
निरन्तरता
न रोकिन्छ
न कसैले रोक्न चाहेर सकिन्छ
बस
न बुझ्न सक्ने न रोक्न सक्ने
न चिन्न सक्ने न जान्न सक्ने
बिम्ब छ
कर्महीन
धर्म छ
मर्महीन
नामहो मानिस !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक