प्रकाशमान सिंहद्वारा साङ्लाको अवलोकन
काठमाडौं, जेठ १४ ।काठमाडौं । उपप्रधान तथा स्थानिय बिकास मन्त्री प्रकाशमान सिंहले काठमााडैंको तारकेश्वर नगरपालिका–३ स्थीत साङ्गला बजारको अवलोकन गरेका छन् ।
गत बैशाख १२ गते र २९ गते गएको बिनासकारी भुकम्पका कारण भएको भौतिक तथा मानविय क्षतिका बारेमा जानकारी लिन मन्त्री सिंह बुधबार साङ्गला बजार पुगेका हुन् ।
उक्त क्षेत्रमा पुगी मन्त्री सिंहले राहत कार्यका बिषयमा पनि जानकारी लिएका थिए । बिनासकारी भुकम्पका कारण सो क्षत्रका ४ सय १५ घर धुरी मध्ये २ सय ५८ घरहरु पुर्ण क्षति भएको थियो ।
भुकम्पकै कारण १७ जना घाईते भएका थिए भने ११ जनाले ज्यान गुमाएका थिए । मन्त्री सिंहले राहत बितरण र क्षतीको अबस्थाका बिषयमा जानकार लिएको बताए ।
मन्त्री सिंहले तारकेश्वर नगरपालिका २ मा पर्ने श्री साङ्गला बालकुमारी उच्च माध्यमिक विद्यालयको क्षति ग्रस्त भवनको निरिषण गर्दै क्षतीका बिषयमा जानकारी लिएका थिए ।