चोरी गर्ने समूह पक्राउ

चोरी गर्ने समूह पक्राउ

काठमाडौँ, जेठ १४

भूकम्पपछिको असहज अवस्थाको फाइदा उठाँउँदै चोरी गर्ने कार्यमा संलग्न तीन समूहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले शङ्खमूलमा चोरीमा संलग्न समूहका भीमबहादुर तामाङ, बिजुली बैठा, राज भन्ने युवराज तामाङ र सपन बैठालाई पक्राउ गरेको छ ।
images-11
चोरीको सो सामान किन्ने भारत घर भएका विनयकुमार जैसवाललाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यस्तै स्वयम्भू, किमडोलमा चोरीमा संलग्न सुमन थापा, जोरपाटी नयाँबस्तीमा चोरीमा संलग्न खुडे भन्ने सन्तोष परियारलाई पनि महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बुद्धि गुरुङले चोरीका केही सामान ती चोरहरूले रौतहट, इटहरीसम्म लगेर बेचेको अवस्थामा फिर्ता ल्याइएको बताए।
उनले वैशाख १२ गतेको भूकम्पपछि चोरी, लुटपाटमा संलग्नविरुद्ध अभियाननै सञ्चालन गरी कारबाही अगाडि बढाइएको र सो क्रममा शङ्कास्पद ६१ जनालाई महाशाखाले पक्राउ गरी अनुसन्धानपछि दोषी देखिएका ३० जनालाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। रासस
तपाइँको प्रतिक्रिया ।