भूकम्पपीडितका लागि नयाँ पत्रिकाले नेता र कलाकारलाई मैदानमा भिडाउने

भूकम्पपीडितका लागि नयाँ पत्रिकाले नेता र कलाकारलाई मैदानमा भिडाउने

काठमाडौं, जेठ १४  ।
भूकम्पपीडित सर्वसाधरणलाई सहयोग उपलब्ध गराउने उदेश्यले नयाँ पत्रिका दैनिकले नेता र कलाकारहरुबीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको छ । आगामी जेठ २३ गते शनिबार सांस्कृतिक कार्यक्रमसहितको फुटबल तथा सांस्कृतीक कार्यक्रमको आयोजना गरिएको नयाँ पत्रिकाका अध्यक्ष, प्रबन्ध निर्देशक तथा सम्पादक कृष्णज्वाला देवकोटाले जानकारी दिए ।

naya-300x169
मैत्रीपूर्ण फुटबलसँगै मेची काली हास्य ब्यङग्य सांस्कृतिक कार्यक्रमसहित राखेर भूकम्पपीडितलाई सहयोग उठाउन लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यक्रमका लाटि टिकक बेचिने र उठेको सबै पैसा पीडितलाई दिइने जनाइएको छ ।
कार्यक्रममा देशका चर्चित नेता र कलाकारले भाग लिने छन् । गगन थापा, रविन्द्र अधिकारी, वर्षमान पुनले फुटबल खेल्ने छन् । त्यस्तै दिपकराज गिरी, करिश्मा मानन्धर, कोमल वली, दीपाश्री निरौला, नवल खड्का, दयाहाङ राई लगायत उक्त कार्यक्रममा सहभागी हुनेछन् ।

कार्यक्रमको व्यवस्थापन खर्च नयाँ पत्रिकाले बेहोर्ने र उठेको सबै रकम पीडितको सहयोगमा खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । फुटबल तथा सांस्कृतिक कार्यक्रम हलचोकस्थित सशस्त्र प्रहरीको फुटबल ग्राउण्डमा हुनेछ । टिकटको मूल्य नराखिने र भूकम्पपीडितलाई सहयोग गर्न चाहेअनुसारको मूल्य तिरेर टिकट किन्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

तपाइँको प्रतिक्रिया ।