कक्षा सञ्चालन गर्न शिक्षक र अभिभावक अस्थायी टहरा निर्माणमा जुटे

कक्षा सञ्चालन गर्न शिक्षक र अभिभावक अस्थायी टहरा निर्माणमा जुटे

मेलम्ची, १४ जेठ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१४ रातमाटास्थित सातकन्या माविका शिक्षक र अभिभावक नष्ट भएको विद्यालय भवनको भग्नावशेष हटाई अस्थायी टहरा निर्माणमा जुटेका छन् ।

20150521_155625

विसं २०३० मा स्थापना भएको सो विद्यालयमा भूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

सरकारको मुख ताक्दा भवन निर्माणमा लामो समय लाग्ने देखिएपछि अभिभावक र शिक्षकबीच छलफल गरी अस्थायी टहरा निर्माण सुरु गरेको सो विद्यालयका शिक्षक जनक अधिकारीले बताउनुभयो ।

उक्त विद्यालयमा आठ वटा कम्प्युटर, रेकर्ड फाइललगायतका सामग्रीसमेत क्षति भएको छ ।

विद्यालय पुनः सञ्चालन नगर्ने हो भने यस वर्षको एसएलसीमा यसको नकारात्मक असर पर्ने देखिएकाले शिक्षक अभिभावक मिलेर अस्थायी टहरा निर्माण गरी कक्षा सञ्चालन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आइतमान तामाङले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।