सार्वजनिक जग्गा बचाउन फाइल बोकेर अख्तियार पुग्ने मै हुँ ,दोहन हुन् दिन्न : मिठाराम अधिकारी

सार्वजनिक जग्गा बचाउन फाइल बोकेर अख्तियार पुग्ने मै हुँ ,दोहन हुन् दिन्न : मिठाराम अधिकारी

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २३।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फ बाट बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदमा उम्मेद्वारी दिएका मिठाराम अधिकारीले नगरपालिका भित्रको सार्वजनिक जग्गा कसैलाई  पनि हिनामिना र दोहन गर्न नदिने बताएका छन।

स्थानीय संचारकर्मीहरु संगको अन्तरक्रियामा अधिकारीले साविक कपन गाविस र बुढानिलकण्ठ नगरपालिकाका सार्वजनिक जग्गा संरक्षणका लागि फाइल बोकेर अख्तियार दुरुपयोग आयोग सम्म पुगेको स्मरण गर्दै अहिले पनि केहि ठाउँको जग्गा बचाउन अदालतमा तारिक धाइरहेको बताएका छन।

प्रकृति दोहन र सार्वजनिक सम्पत्ति दुरुपयोग रोक्ने आफ्नो पहिलो र प्राथमिकताको काम रहेको भन्दै अधिकारीले नगरपालिका भित्रका सबै जग्गा र जमिनको उपयोगका लागि भू संरक्षण नीति बनाएर एक्सनमा जाने बताएका हुन्।

निर्वाचनका लागि नेकपा एमालेले जारी गरेको प्रतिवदत्ता  पत्र आफ्नो लागि पवित्र दस्ताबेज भएकोले त्यसको कार्यान्वयनमा सधै सचेत र दत्तचित्त भएर लाग्ने बताउदै अधिकारीले सार्वजनिक जग्गा संरक्षणका लागि पहिला भएका पहलहरुको जानकारी लिने र तयार भएका प्रतिवेदन सार्वजनिक गर्ने समेत विस्वास दिएलाएका थिए।

तपाइँको प्रतिक्रिया ।