नेकपा एमाले गोकर्णेश्वर ८ ले शुरु गर्यो चुनावी घरदैलो अभियान
कपन अनलाइन
काठमाडौं, बैशाख १८ । स्थानीय निर्वाचनको सरगर्मी बढेसंगै राजनीतिक दलहरुले घरदैलो अभियानलाई तीब्र पारेका छन् । नेकपा एमाले गोकर्णेश्वरका मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारले पनि आजबाट घरदैलो अभियान शुरु गरेका छन। नगरलाई लालकिल्ला बनाउने योजनाका साथ उम्मेदवारहरुले चुनावी घरदैलो शुरु गरेका हुन । समृद्द गोकर्णेश्वरको आधार नेकपा एमालेको स्थानीय सरकार भन्ने मूल नाराको साथमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल बाट घर दैलो कार्यक्रम शुरुवात गरिएको हो ।वडा वडामा निर्वाचन परिचालन कमिटि बनाएर नेकपा एमाले चुनाबी प्रचार अभियानमा होमिएको हो।
‘सुर्यमा छाप झ्याप झ्याप’ भन्ने नारासहित आजबाट कार्यकर्ताको घरदैलोमा मत माग्न हिड्न थालेका छन। एमाले जनताको हकहितमा काम गर्ने पार्टीका रुपमा परिचित रहँदै गर्दा विजयी हुने सुनिश्चितताका साथ मत माग्न गोकर्णेश्वर वडा नं ८ अत्तरखेल चोकबाट अभियान शुरु गरिएको नेकपा एमाले वडा नम्बर ८ निवार्चन कमिटी प्रचार–प्रसार समितिका संयोजक एवम् एमाले नेता ओम प्रसाद ढकालले जानकारी दिए।
उक्त घरदैलो कार्यक्रममा नगरप्रमुखका उम्मेदवार उद्धब बिष्ट उप प्रमुखकी उम्मेदवार सान्नानी लामा वडा अध्यक्षका ऊमेद्वार कल्पना राजचल,महिला सदस्य सिता तिमल्सिना,दलित महिला सदस्य सविता मिजार,खुल्ला सदस्य चन्द्रलाल श्रेष्ठ र सुमन लामा लगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।जनताको हकहितमा काम गर्ने पार्टीका रुपमा रहेको भन्दै विजयी हुने सुनिश्चितताका साथ मत माग्न वडा नं ८ पुगेका उम्मेदवारहरुले वडा तथा नगर बिकासको योजना र प्रतिबद्धता साथ घर चुनावी घरदैलो शुरु गरेको बताएका छन । उम्मेदवार सहित घर दैलोमा जाँदा स्थानीयले नेकपा एमालेका उम्मेदवारलाइ मत दिने प्रतिबद्धता ब्यक्त गरेको वडा अध्यक्षका उम्मेदवार कल्पना राजचलले कपन अनलाइनलाइ जानकारी गराइन ।