गोकर्णेश्वर ४ को वडाध्यक्षका स्वतन्त्र उम्मेदवार जयराम महतलाई माओवादी केन्द्र र नेकपा एसले सघाउने

कपन अनलाइन

काठमाडौं, बैशाख १६ । गोकर्णेश्वर नगरपालिका वडा नं ४को  वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका जयराम महतलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सघाउने भएका छन । महतलाई सघाउन माओवादीका वडा अध्यक्षका उम्मेदवार शिवहरी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन।   माओवादी र समाजवादीका वडा सदस्यहरूका उम्मेदवारहरुले भने  उम्मेदवारी फिर्ता लिएका छैनन् ।

महतले स्थानीय तहको टिकट वितरणमा मनोमानी ढंगले एक पक्षीय निर्णय गरि आफु खुसि ढंगले टिकट वितरण गरिएकोले नेपाली कांग्रेस पार्टीको साधारण र क्रियाशील सदस्यताको साथै प्रदेश सभा खको सचिब पद बाट राजिनामा  दिदै आसन्न स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ को अध्यक्षमा स्वतन्त्र तर्फ बाट उम्मेदवारी दिएका थिए स्वतन्त्र उम्मेदवार महत २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काङ्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।