पार्टी संग गुनासो बैशाख ३० पछी पोख्छु अहिले नेकपा एमाले जिताउन लाग्छु : रामप्रसाद चौलागाई
कपन अनलाइन
काठमाण्डौ,बैशाख १६।
बुढानिलकण्ठ नगरपालिकाका पुराना नेता राम प्रसाद चौलागाईले पार्टी संग गुनासो बैशाख ३० पछी पोख्ने तर अहिले नेकपा एमाले जिताउन लाग्ने बताएका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा उम्मेद्वारी दिएने घोषणा गरे पनि मनोनयनका दिन पछी हटेका चौलागाईले नेकपा एमालेले आफुलाई अपमानित हुने गरी हेपेर जिम्मेवारी बिहिन बनाए पनि आफ्नो पार्टी पार्टीको निष्ठा र आस्थाका कारण सुर्य ध्वाजा बाहक उम्मेदवारहरुलाई जिताउन लाग्ने बताएका छन।
करिव ४ दशक देखि मन ,धन र समार्पणले पार्टीलाई सहयोग गरे पनि हाल बुढानिलकण्ठ केहि नेताहरुको संकीर्ण सोचका कारण जिम्मेवारी उनु परेको पिडा निर्वाचन पछी पोख्ने धारणा राख्दै चौलागाईले भोलि देखि नै पार्टीका उम्मेदवारहरुलाई जिताउन दिलोज्यान लगाएर खट्ने बताएका हुन्।
तपाइँको प्रतिक्रिया ।