गोकर्णेश्वर २ को वडाध्यक्षका स्वतन्त्र उम्मेदवार प्रेम प्रसाद श्रेष्ठलाइ माओवादी केन्द्र र नेकपा एसले सघाउने

गोकर्णेश्वर २ को वडाध्यक्षका स्वतन्त्र उम्मेदवार प्रेम प्रसाद  श्रेष्ठलाइ माओवादी केन्द्र र नेकपा एसले सघाउने

कपन अनलाइन

काठमाडौं, बैशाख १६ । गोकर्णेश्वर नगरपालिका वडा नं २ को  वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका प्रेमप्रसाद  श्रेष्ठलाइ  नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सघाउने भएका छन ।  श्रेष्ठलाइ  सघाउन माओवादीका वडा अध्यक्षका उम्मेदवार शिवराम पण्डितले उम्मेदवारी फिर्ता लिएका छन। ।

श्रेष्ठले  स्थानीय तहको टिकट वितरणमा मनोमानी ढंगले एक पक्षीय निर्णय गरि आफु खुसि ढंगले टिकट वितरण गरिएकोले नेपाली कांग्रेस पार्टीको साधारण र क्रियाशील सदस्यता बाट राजिनामा  दिदै आसन्न स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नं २ को अध्यक्षमा स्वतन्त्र तर्फ बाट उम्मेदवारी दिएका छन

 

तपाइँको प्रतिक्रिया ।