Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/04/गोकर्ण-८-1024x655.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा कस्तो बन्यो गठबन्धनको टिम ?

कपन अनलाइन

काठमाडौं, बैशाख १६ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन | गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा नेकपा माओवादी केन्द्र  र नेकपा (एकीकृत समाजबादी) बीच तालमेल गर्ने सहमति अनुसारमा वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजबादी) लगायतको गठबन्धनका उम्मेदवार रामचन्द्र गौतमले उम्मेद्वारी दर्ता गराएका छन ।

त्यस्तै वडा नं ८ को खुल्ला सदस्यमा देबेन्द्र अर्याल र बाबुराजा श्रेष्ठ उम्मेद्वारी दर्ता गराएका छन भने महिला सदस्यमा अपेक्षा अधिकारी उम्मेदवार बनेकी छन। सो वडाको दलित महिला सदस्य पदमा रमिला परियार उम्मेदवार बनेकी छन ।  वडाअध्यक्षको उम्मेदवार रामचन्द्र गौतमले वडा स्तरीय गुरुयोजना बनाई पूर्वाधार विकास, शिक्षा स्वास्थ्य, सुरक्षा  लगायतको क्षेत्रलाई प्राथमिकताका साथ काम गर्ने योजना रहेको बताएका छन । सामुदायिक र संस्थागत बिधालयको गुणस्तरीय बृद्दिका लागि पहल गर्नुको साथै जेहेन्दार विद्यार्थीहरुको लागि वडा स्तरीय शैक्षिक ऋणको व्यवस्थापन गर्ने योजना रहेको पनि उनले  बताए । वडाका डाक्टर बन्न चाहने जेहन्दार बिद्यार्थी मध्ये १ जनालाई एम बि बिस पढ्न लाग्ने खर्च वडाले बेहोर्ने जानकारी दिदै सरकार बाट कुनै पनि सेवा सुबिधा नलिइ त्यसलाई कोष खडा गरि  स्वास्थ ,महिला अपाङ्गताको  क्षेत्रमा सदुपयोग गर्ने योजना रहेको पनि उनले बताए ।

 

तपाइँको प्रतिक्रिया ।