काठमाण्डौ महानगरपालिका वडा नं ७ मा कस्तो बन्यो नेकपा एसको टिम ?

कपन अनलाइन

काठमाडौँ,बैशाख १२।

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन ।गठबन्धनको सम्भावनालाई कायम राख्दै नेकपा एसले वडा नं ७ मा शुद्ध डंगोललाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं ७ को अध्यक्षमा निर्वाचित भएका डंगोल संगै वडा सदस्यमा निर्वाचित भएका कृष्ण घिमिरेले वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन।

नेकपा एस वडा नं ७ कमिटीका अध्यक्ष तथा लोकप्रिय युवा आशिष श्रेष्ठलाई खुल्ला सदस्य बनाएको सो पार्टीले बिनु क्षेत्रीलाई महिला सदस्यको उम्मेदवार बनाएको छ भने सरस्वती दमिनी दलित महिला सदस्य उम्मेदवार बनेकी छन।

तपाइँको प्रतिक्रिया ।